Kakhara सबैको खबर सम्पूर्ण खबर
सिस्नेमा लक्षकाे झण्डै ८३ प्रतिशत राजश्व संकलन

रुकुम पूर्वको सिस्ने गाउँपालिकाले गत आर्थिक वर्ष २०७८/०७९ मा ८२.५० प्रतिशत राजश्व संकलन गरेको छ । गाउँपालिकाले गत वर्ष एक करोड छ लाख राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । तर एक वर्षको अवधिमा ८७ लाख ४५ लाख ८ सय ८१ रुपैया राजश्व संकलन भएको प्रशासकीय अधिकृत चिन्तामणि दाहालले जानकारी दिनुभयाे । जुन लक्ष्यको ८२.५० प्रतिशत हो ।

विभिन्न शिर्षकमा गाउँपालिका तथा वडापालिकाबाट उक्त राजश्व संकलन भएको राजश्व शाखा प्रमुख नवराज रावलले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाले विभिन्न शिर्षकमा ७२ लाख ४३ हजार तीन सय १५ रुपैया राजश्व संकलन गर्दा वडाले १५ लाख दुई हजार पाचँ सय ६५ रुपैया राजश्व संकलन गरेका छन ।

गाउँपालिकाका ८ वडा मध्य गत वर्ष ५ नम्बर वडाले सवै भन्दा धेरै र २ नम्बर वडाले सवै भन्दा थोेरै राजश्व संकलन गरेको छ । ५ नम्बर वडाले चार लाख ५ हजार तीन सय ३४ रुपैया राजश्व संकलन गर्दा २ नम्बर वडाले ४९ हजार पाचँ सय ८० रुपैया मात्र राजश्व संकलन गरेको राजश्व प्रमुख रावलले बताउनुभयो ।

यस्तै १ नम्बर वडाले ८५ हजार सात सय ७२, ३ नम्बर वडाले १ लाख ३८ हजार एक सय १७, ४ नम्बर वडाले २ लाख १९ हजार पाचँ सय ९० रुपैया राजश्व संकलन गरेका छन । यसैगरि ६ नम्बर वडाले ३ लाख १५ हजार तीन सय ६३ रुपैया, ७ नम्बर वडाले १ लाख ४२ हजार एक सय ९९ रुपैया र ८ नम्बर वडाले १ लाख ४६ हजार छ सय १० रुपैया राजश्व संकलन गरेको छ ।

गाउँपालिकाले घर जग्गा रजिष्टेसन दस्तुर, नदिजन्य पदार्थ, सिफारिस दस्तुर, नक्सा पास, सम्पति कर, व्यवसाय कर, फार्म सूचिकृत कर लगायतका शिर्षकबाट राजश्व संकलन गर्दै आएको छ । गत आर्थिक वर्षमा बैंक तथा वित्तिय संस्थाले कर्जा प्रवाह बन्द गरेका कारण पनि लिएको लक्ष्य पूरा गर्न नसकिएको प्रशासकीय अधिकृत दाहालले बताउनुभयो । उहाँले भन्नुभयो 'गत वर्ष सवै बैंकले कर्जा रोक्का गरे जसका कारण घर जग्गा किन बेच पनि निकै कम भयो । व्यवसाय विस्तार पनि खासै भएको देखिएन । जस्को असर राजश्वमा पनि पर्याे ।'

प्रकाशित मिति: आइतबार, भदौ ५, २०७९  १६:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update