Kakhara सबैको खबर सम्पूर्ण खबर
विर्गुमखानीलाई पर्यटकिय गाउँका रुपमा विकास गरिदै
विर्गुमखानी गाउँ र गाउँमा रहेकाे ताल ।

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर १३ बिर्गुमखानीलाई पर्यटकिय गाउँका रुपमा विकास गर्ने गरी विभिन्न संरचना निर्माण गरिएको छ । तकसेरालाई पर्यटकिय गन्तव्यको रुपमा विकास गर्ने कार्यक्रम अन्तरगत विर्गुमखानीमा पनि विभिन्न संरचनाहरु निर्माण गरिएका छन् । 

IMG_60941661079438.jpg

दुई आर्थिक वर्षमा गरेर तकसेरा र विर्गुमखानीमा गरी २ करोड बजेट खर्च भएको छ । लुम्बिनी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट आएको उक्त बजेट डिभिजन वन कार्यालय रुकुम पूर्व मार्फत कार्यान्वयन भएको कार्यालयका रेञ्जर विश्व केसीले जानकारी दिनुभयो । 

IMG_60871661079434.jpg

उहाँका अनुसार आर्थिक वर्ष २०७५/०७६ र आर्थिक वर्ष २०७६/०७७ मा गरेर विर्गुम र तकसेरामा विभिन्न संरचनाहरु निर्माण भएका छन् । विर्गुममा हिल पार्क निर्माण र गाउँमा रहेको तालको संरक्षणका लागि विभिन्न काम भएका छन् । सिँढी, पिसिसी बाटो, प्रतिक्षालय, बेञ्च तथा ताल वरिपरि पर्खाल लगाउने लगायतका काम भएका हुन् । 

IMG_60821661079427.jpg

त्यस्तै उक्त बजेटबाट तकसेरामा पाहुना घर निर्माण गरिएको डिभिजन वन कार्यालयले जनाएको छ । तकसेरा क्षेत्र पर्यटकीय सम्भावना बोकेको क्षेत्र भएको र त्यहाँको पर्यटन प्रवद्र्धनमा थप टेवा पुर्याउने उदे्श्यले विभिन्न संरचना निर्माणको काम भएको डिभिजन वन कार्यालयका रेञ्जर केसीले बताउनुभयो । 

IMG_60881661079434.jpg

यसैविच विर्गुममा थप संरचना निर्माणको आवश्यकता रहेको वडाले जनाएको छ । सिँढी, मन्दिर, गुरिल्ला पदमार्ग देखि अन्य संरचनाहरुको आवश्यकता रहेको वडाध्यक्ष शिविसन सिर्पालीले बताउनुभयो । आवश्यक संरचनाको सुचि बनाएर त्यसका लागि पहल गरिरहेको उहाँले बताउनुभयो । 

IMG_60971661079443.jpg

प्राकृतिक रुपमै सुन्दर ठाउँलाई विभिन्न संरचना निर्माण गरेर थप व्यवस्थापन गर्ने प्रयास भइरहेको उहाँको भनाई छ । विर्गुमखानीलाई पर्यटकिय गाउँका रुपमा विकास गर्न खोजिएपछि गाउँ सुन्दरता थप बढेको र यसले बाहिरबाट आउने मान्छेको मन लोभ्याउने गरेको स्थानीयको भनाई छ । गाउँमा पछिल्ला दिनहरुमा आगमण समेत बढ्दै गएको स्थानीय बताउँछन् ।

IMG_60851661079432.jpg

IMG_60831661079427.jpg

प्रकाशित मिति: आइतबार, भदौ ५, २०७९  १६:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update