नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ्ग कम्युनिष्ट लिग नेपाल (वाइसीयल)को अध्यक्षमा सुबोध सिर्पाली चयन हुनुभएको छ । काठमाडौंमा भएको संगठनको दोेस्रो राष्ट्रिय भेलाले नयाँ नेतृत्व चयन गरेको हो । त्यस्तै महासचिवमा गणेश शाही सर्वसम्मत चयन हुनुभएको छ । अध्यक्ष सिर्पाली रुकुम पुर्व निवासी हुनुहुन्छ भने महासचिव शाही सल्यान निवासी हुनुहुन्छ । यसैविच वाइसीयलको केन्द्रीय समितिमा रुकुम पश्चिमबाट ५ जना परेका छन् । जसमा एक जना पदाधिकारी छन् भने ४ जना सदस्य छन् ।
सचिवमा शैलेशकुमार शर्मा चयन हुँदा जिल्लाबाट केन्द्रीय सदस्यमा लक्ष्मण ओली, जनक विश्वकर्मा, भुषण रावल र शुसिला शाही रहनुभएको छ । शर्मा यसअघि केन्द्रीय सदस्य हुनुहुन्थ्यो भने शाही र ओली यसअघि पनि केन्द्रीय समितिमा हुनुहुन्थ्यो । विश्वकर्मा र रावल पहिलो पटक केन्द्रीय समितिमा पर्नुभएको हो । त्यस्तै रुकुम पूर्वबाट टिकासाई घर्ती, मनबहादुर बिसी र भुपेन्द्रा बुढा केन्द्रीय सदस्यमा चयन हुनुभएको छ ।