Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिजमाविमा १२ बुँदे माग राख्दै अखिल क्रान्तिकारीले भन्यो माग संवोधन नभए कानुनी उपचार खाेजिन्छ
प्रध्यानाध्यापक हरिप्रसाद खनाललाई ज्ञापन पत्र बुझाउँदै विद्यार्थी ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) त्रिभुवन जनता मावि इकाइ समितिले विद्यालयलाई ज्ञापन पत्र बुझाएको छ । संविधानको मर्म तथा शिक्षा ऐन विपरित विद्यालयले विभिन्न नाममा विद्यार्थीको ढाड सक्ने गरि शुल्क उठाएको भन्दै अखिल (क्रान्तिकारी)ले १२ बुँदे माग सहित ज्ञापन पत्र बझाएको हो ।

विद्यालयमा भएका  अनियमितता, विकृत्ति, विसंगति र विभिन्न शैक्षिक समस्या प्रति गम्भिर ध्यानार्कषण भएको संगठनले जनाएको छ । विद्यार्थीबाट मासिक शुल्क, अभिभावक शुल्क तथा अन्य शुल्कको नाममा प्रति विद्यार्थी करिव १५ हजार रकमका दरले ९० लाख उठाएको रकम खर्चको पारदर्शीता नभएको र यसरी गैरकानुुनी रुपमा उठाएको शुल्क फिर्ता हुनुपर्ने संगठनले माग गरेको छ । 

विद्यालय क्षेत्रभित्र शैक्षिक व्यापार हुने ट्युसन कक्षा बन्द गरी कमजोर विद्यार्थीलाई निःशल्क कोचिङ कक्षाको व्यवस्था गरिनुपर्ने, कक्षा ११ र १२ मा शिक्षण गर्ने शिक्षकहरुले दैनिक हाजिर नगर्ने र भत्ता लिदा एकमुस्ट हाजिर गर्ने कार्य बन्द गर्नुपर्ने, केही शिक्षकले विद्यालय समयमा ट्युसन सेन्टरमा पढाउने कार्य गरेकोले लापर्वाही नगर्न र यस्ता कार्य तत्काल रोक्नपर्ने संगठनको माग राखेको अखिल (क्रान्तिकारी) मावि मुल इकाई समितिका अध्यक्ष बिनोद सेर्पालीले बताउनुभयो ।

विद्यालयमा सञ्चालनमा रहेको तीन वर्षे डिप्लोमा सिभिल ओभरसियर कार्यक्रममा आउने अनुदान रकम दरुपयोग भएको र यस बारे विव्यस पदाधिकारी समेत जानकार नभएको तथा सिटीभिटी अन्तरर्गत सञ्चालन भएको प्राविधिक शिक्षाको शुल्क नियम विपरित भएकाले शुल्क घटाउनु पनि संगठनले बिद्यालयका प्रध्यानाध्यापक हरिप्रसाद खनाललाई बुझाएको ज्ञापन पत्रमा उल्लेख छ । 

विभिन्न किसिमका छात्रवृत्ति वितरण कार्यलाई निष्पक्ष बनाउनुपर्ने, गैरकानुनी रुपमा कर्मचारी स्थायी गर्ने र सेवा सुविधा दिने कार्यले विद्यालयको आर्थिक भार बढाएको हुदाँ यस्ता कार्य तत्काल बन्द गर्नुपर्ने माग पनि राखिएको इकाई अध्यक्ष सेर्पालीले बताउनुभयो । १५ दिन भित्र १२ बुँदे मागको सम्वोधन नभए कानुनी उपचार खोज्ने र संघर्षका कार्यक्रम घोषणा गर्ने संगठनले चेतावनी दिएको छ । 

संगठनले विद्यालयमा बुझाएको ज्ञापन पत्र:

300338260_1976776895848673_6124922708193501823_n1661184363.jpg

300906773_1976776982515331_5272260485078498740_n1661184365.jpg

प्रकाशित मिति: सोमबार, भदौ ६, २०७९  २१:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update