माध्यमिक शिक्षा परीक्षा एसइईको ग्रेड बृद्धि परीक्षा रुकुम पश्चिमका तीन वटा परीक्षा केन्द्रमा संचालन हुने भएको छ । भाद्र ११ र १२ गते देशभरमा एसइईको ग्रेड बृद्धि परीक्षा संचालन हुँदै छ । जसका लागि जिल्लामा तीन वटा केन्द्र तय गरिएको छ ।
सबै केन्द्र जिल्ला सदरमुकाम मुसीकोटमा रहेका छन् । त्रिभुवन जनता मावि खलंगा, यमुना नन्द नमूना मावि शेरिगाउँ र न्यु मुन लाइट बोर्डिङ स्कुल शेरिगाउँमा गरी तीन वटा परीक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय इकाई रुकुम पश्चिमका प्राविधिक सहायक डायमण्ड पुनले जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्ला भरमा कुल १ हजार ३ सय २४ जना विद्यार्थीले ग्रेड बृद्धिका लागि आवेदन दिएका छन् । जसमध्यमा त्रिभुवन जनता माविमा ४ सय ५२ जना, न्यु मुन लाईट बोर्डिङ स्कुलमा ४६४ जना यमुना नन्द नमूना माविमा रहेको केन्द्रबाट ४ सय ८ जना विद्यार्थीले परीक्षा दिने छन् ।
जिल्ला भरका ७० वटा विद्यालयका विद्यार्थीहरुले ग्रेड बृद्धिका लागि आवेदन दिएको उहाँले बताउनुभयो ।
कुन विद्यालयको कुन केन्द्रमा हेर्नुहोस् ।