नेकपा माओबादी केन्द्रका नेता गणेशमान पुनले स्थानीय अर्थतन्त्रलाई जोड दिनु पर्ने बताउनु भएको छ । बिहीबार जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको गएको आर्थिक वर्षको जिल्ला स्तरीय वार्षिक समीक्षा तथा चालू आर्थिक वर्षको कार्यक्रम सार्वजनिक कार्यक्रममा माओबादी केन्द्रका नेता पुनले यस्तो बताउनु भएको हो ।
जिल्ला स्थित कार्यालयसँग स्थानीय नागरिक प्रत्येक्ष जोडिएका कारणले स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने खालको कार्यक्रमलाई जोड दिनु पर्ने पूर्व आपूर्ति मन्त्री समेत रहनु भएका नेता पुनको भनाइ रहेको थियो । उहाँले स्थानीय कृषकको पशुपालन, खाद्यान्न उत्पादनलाई अर्गानिकमै उत्पादनकत्व बृद्धि गराउने खालको कार्यक्रम तथा स्थानीय उत्पादनलाई जोड दिएमा मात्र जिल्लाबासी आफ्नो आर्य आर्जनमा आत्म निर्भरता हुने पुनले धारणा राख्नुभयो ।
कृषि अनुदानका कार्यक्रम सीधै कृषकको गोठमा पुग्नु पर्ने उहाँले बताउनुभयो । वास्तविक कृषकको स्तर माथि उकास्न सकिएमा मात्र जिल्ला स्थित कार्यालयको प्रगति औचित्य पुष्टि हुने पुनको भनाइ रहेको थियो । साथै नयाँ आर्थिक वर्षमा कार्यालयले कार्यक्रम तथा बजेट ल्याउने गृहकार्य गर्दा हाल सम्म के गरियो र गर्न बाँकी तथा कस्तो खालको कार्यक्रम ल्याउदा प्रभावकारिता हुन्छ भन्ने अर्थमा हुनु पर्ने सुझाव समेत दिनु भएको छ ।