नेपाल विद्युत प्राधिकरण रुकुम पश्चिम वितरण केन्द्रले साढे १७ लाख बक्यौता रकम असुल गरेको छ । वितेको आर्थिक वर्ष २०७८/०७९ मा केन्द्रले १७ लाख ५६ हजार ४ सय बक्यौता उठाएको हो । ५९ ग्राहकबाट उक्त बक्यौता असुल गरिएको वितरण केन्द्र प्रमुख त्रिलोचन भट्टराइले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्राधिकरणकोे नियम अनुसार समयमै महसुल नबुझाउने ५४ ग्राहको लाईन काटिएको थियो । तिर्न बाँकी महशुल बुझाएपछि भने उक्त ग्राहकको काटिएको लाइन जडान गरिएको उहाँले बताउनुभयो । लाईन काटिएपछि उक्त रकम उठेको उहाँको भनाई छ ।
यसैविच केन्द्रले एक वर्षमा ४ करोड बढी महशुल उठाएको छ । जिल्ला भरमा रहेका ग्राहकबाट विद्युत खपत वाफत वितेको वर्ष ४ करोड ६ लाख ४९ हजार ९ सय ४० रुपैयाँ महशुल उठेको वितरण केन्द्रले जनाएको छ । केन्द्रका अनुसार एक आर्थिक वर्षमा जिल्ला भर ३६ लाख ६६ हजार ९ सय ४० युनिट विद्युत बिक्रि भएको छ ।
त्यस्तै वितरण केन्द्रबाट एक वर्षमा २ हजार १५ वटा मिटर बक्स बिक्रि गरेको । हाल जिल्लाभरमा नेपाल विद्युत प्राधिकरणका १६ हजार ग्राहक रहेका छन् । जिल्लाका सबै स्थानीय तहमा केन्द्रीय प्रशारण लाइन विस्तार भएको छ । तर सबै घरमा विद्युतिकरण हुन भने बाँकी रहेको छ ।