Kakhara सबैको खबर सम्पूर्ण खबर
मुटु रोग पीडित रेजिनालाई युवा विकास केन्द्रको आर्थिक सहयोग 
सहयाेग हस्तान्तरण गर्दै ।

रुकुम पुर्वको सिस्ने गाउँपालिकामा रहेको युवा विकास केन्द्रले मुटु रोगबाट पीडितलाई आर्थिक सहयोग गरेको छ । सिस्ने गाउँपालिका वडा नम्बर ५ रुमालबाराकी कक्षा ५ मा अध्ययनरत  ११ वर्षीया छात्रा रेजिना बुढालाई कोट मावि रुमालाबारामा पुगि आर्थिक सहयोग गरिएको हो । बुढा लामो समयदेखि मुटुरोगले ग्रसित आमा धनकुमारी बुढाले बताउनुभयो ।

लामोसमय देखि बिरामी छोरीको उपचारमा सहयोग गर्ने युवा बिकास केन्द्रलाई उहाँले धन्यवाद दिनुभएको छ । युवा विकास केन्द्रको पहलमा विभिन्न व्यक्तिहरु र संस्थाहरुले आर्थिक सहयोग गरेको केन्द्रले जनाएको छ । गत असार ५-६ गते युवा विकास केन्द्रको संयोजनमा जिल्ला अस्पताल रुकुम पुर्व र रुक्मणि माविमा संचालन  भएको बाथ तथा मुटु रोग शिविरमा उक्त बिरामीको पहिचान भएको थियो ।

आर्थिक अवस्था कमजोर भएकोले शिविरमा पहिचान भएका बिरामीलाई निःशुल्क उपचारको व्यवस्था गरिएको युवा विकास केन्द्रका सदस्य बिकास बुढाथोकीले जानकारी दिनुभयो ।  बुढाथोकीका अनुसार बिरामीलाई काठमाडौं सम्म पुग्ने भाडाको लागि नगद सहयोग गरिएको र उपचार निःशुल्क रुपमा हुने छ । बिरामीलाई विपत्का लागी राहत कोषबाट तीन हजार, बिकास बुढाथोकीले एक हजार पाँच सय, केबेन्द्र गौतमले एक हजार, श्रीकुमार बुढाथोकीले एक हजार, गोपाल पुनले एक हजार, प्रकाश नेपालीले पाँच सय सहयोग गर्नुभएको छ ।

त्यस्तै शिक्षक देबबहादुर बुढाथोकी पाँच सय, सरद चन्द समालले पाँच सय र कोट मावि रुमालबाराले संस्थागत रुपमा पाँच हजार गरि जम्मा १४ हजार रुपैयाँ बिरामीकी आमालाई हस्तान्तरण गरिएको हो ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ १०, २०७९  १२:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update