रुकुम पश्चिममा नयाँ परियोजना संचालनमा आएको छ । वान हर्ट वल्र्ड वाइडको सहयोग र स्थानीय तहको साझेदारीमा रुकुमेली विकास केन्द्रले स्थानीय तहसंगको साझेदारीमा मातृ तथा शिशु स्वास्थ्य सुधृढीकरण कार्यक्रम संचालनमा ल्याएको हो । आज एक कार्यक्रमका विच कार्यक्रमको औपचारिक सुरुवात गरिएको हो ।
यो कार्यक्रम जिल्ला भरमा ५ वर्षसम्म संचालन हुने रुकुमेली समाज विकास केन्द्रले जनाएको छ । आज परिचयात्मक सहित कार्यक्रमको सुरुवात गरिएको हो । यो कार्यक्रमले आमा र शिशुको स्वास्थ्यलाई मुख्य प्राथमिकतामा राखेर काम गर्ने बताईएको छ ।
जसअन्तरगत आवश्यकता अनुसार वर्थिङ सेन्टरको मर्मत तथा स्तरोन्नति, भिडिओ एक्सरे सहित आवश्यक विभिन्न उपकरण सहयोग, स्वास्थ्यकर्मी तथा सरोकारवालाका लागि तालिम संचालन हुने वान हर्ट वल्र्ड वाइडका कार्यकारी निर्देशक सुर्य भट्टले जानकारी दिनुभयो ।
त्यस्तै जनचेतनामुलक विभिन्न कार्यक्रमहरु पनि संचालन हुने छन् । यि सबै काम स्थानीय तहसंगको साझेदारीमा हुने उहाँले बताउनुभयो । कार्यक्रमको मुख्य उद्ेश्य आमा र शिशुको स्वास्थ्यमा सृधृढीकरण गरी मृत्युदरमा कमि ल्याउने रहेको उहाँले बताउनुभयो । कुन स्थानीय तहमा के काम गर्ने भन्ने एकीन भइनसकेको र आवश्यकताका आधारमा काम हुने बताईएको छ ।
५ वर्षे परियोजनाका लागि करिब ७ करोड बजेट रहेको कार्यक्रमका जिल्ला संयोजक लोकमणि गिरीले बताउनुभयो ।