रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर १३ ले मौलिक तिज गीत र नाच प्रतियोगिता संचालन गरेको छ । नारीहरुको महान चाड हरितालिका तिजको अवसरमा वडाले मौलिक तिज गीत र नाचलाई संरक्षण गर्ने उदे्श्यले प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगितामा वडाका १७ वटा समूहले प्रतिस्पर्धा गरेका थिए । एउटा समूहमा ५–७ जनाको सहभागिता रहेको प्रतियोगितामा चौतारा कालिका समुह प्रथम भएको छ । त्यस्तै सादनचौर सीता केसीको समूह द्धितिय हुँदा रुमखोला महिला समूह तृतिय भएको वडाध्यक्ष खलबहादुर खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रतियोगिताको प्रथमलाई ५ हजार, द्धितियलाई ३ हजार, तृतियलाई २ हजार र प्रतियोगितामा भाग लिने अन्य सबै समूहलाई एक/एक हजार पुरस्कार प्रदान गरिएको छ । मौलिकता झल्किने गीत र नाच संरक्षणका लागि वडाले सानो प्रयास गरेको वडाध्यक्ष खड्काले बताउनुभयो । प्रतियाेगिता महेन्द्र मावि चाैताराकाे प्रांगनमा भएको थियो ।