नेकपा माओवादी केन्द्र रुकुम पश्चिम–काडमाडौं सम्पर्क समन्वय समितिको महिला विभागले तिज विशेष शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रम संचालन गरेको छ । काठमाडौंमा रहेको एक होटलमा शुक्रबार कार्यक्रम भएको हो ।
कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर)को प्रमुख र नेपाली काग्रेसकी नेतृ एवं पूर्व शहरी विकास राज्य मन्त्री मिठ्ठु मल्ल, नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य राजकुमार शर्मा, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लक्ष्मी पुन, रुकुमेली कम्युनिष्ट आन्दोलनका संस्थापक ताराप्रसाद घर्तीको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा रुकुमेली कलाकारहरु किरणबाबु पुन, जय देवकोटा, डिल्ली परियार, सुवर्ण बुढाथोकीले साँस्कृतिक प्रस्तुति राखेका थिए । नेकपा माओवादी केन्द्र रुकुम पश्चिम–काडमाडौं सम्पर्क समन्वय समितिका उपाध्यक्ष रमा भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष एकराज केसीले स्वागत मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको संचालन सरला खड्काले गरेको विद्यार्थी नेता श्रीचन्द्र कठायतले जानकारी दिनुभयो ।