रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा शिक्षक महासंघको दोस्रो अधिबेशन सम्पन्न भएकाे छ । सम्मेलनबाट अध्यक्षमा डिल्लीबहादुर मल्ल चयन हुनुभएको छ । त्रिवेणी गाउँपालिका २ सिम्रुतुको सहिद स्मृति प्रतिष्ठानकाे सभाहलमा भएको शिक्षकहरुको भेलाले त्रिवेणी माद्यमिक विद्यालय सिम्रुतुका प्रधानाध्यापक मल्ललाई अध्यक्षमा चयन गरेको हो ।
१५ सदस्यीय कार्य समिति चयन गरिएकाे छ । जसकाे सह-अध्यक्षमा केशरबहादुर खत्री, उपाध्यक्षमा शेरबहादुर खड्का, सचिवमा डिल्लीबहादुर खड्का, सह-सचिवमा नरसिंह ओली चयन हुनुभएको छ । सदस्यहरुमा मोहन पुन, नरेन्द्र पुन, मनकला ओली, एकबहादुर ओली र सुनिता खड्का ओली रहनुभएको छ ।
त्यस्तै कृष्णा खड्का ओली, हुकुमबहादुर पुन, टिकाराम खड्का, बिमला ओली, दिपबहादुर खड्का पनि सदस्यमा चयन हुनुभएको छ । शिक्षक महासंघको कार्यकाल ४ वर्षको हुने छ । शिक्षा क्षेत्रमा गर्नुपर्ने सुधार तथा योजनाको बारे छिट्टै समितिको बैठक बसेर निर्णय गर्ने नवनिर्वाचित अध्यक्ष मल्लले बताउनुभयो ।