Kakhara सबैको खबर सम्पूर्ण खबर
रेडक्रस रुकुम पूर्वको सभापतिमा गौतम, मन्त्रीमा बुढाथोकी
निर्वाचित पदाधिकारी तथा सदस्यहरू । 

नेपाल रेडक्रस सोसाइटी रुकुमपूर्व शाखाको प्रथम अधिवेशन सम्पन्न भएको छ । शनिबार सिस्ने गाउँपालिका–५ स्थित बिएलबी होटलको सभाहलमा नेपाल रेडक्रस सोसाइटी रुकुमपूर्वको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको हो । 

प्रथम अधिवेशनले सम्पूर्ण पदाधिकारी र कार्य समितिका सदस्य सर्वसम्मत निर्वाचित भएका छन् । सभापतिमा सिस्ने गाउँपालिका–६ का दामोदर गौतम, उप–सभापतिमा पुथाउत्तरगंगा गाउँपालिका–८ का टेकप्रसाद समाल र सिस्ने–५ का शिल्पा पौडेल निर्वाचित हुनु भएको छ । यसैगरी मन्त्रीमा सिस्ने–५ का लोकेन्द्रबहादुर बुढाथोकी, उप–मन्त्रीमा सिस्ने–६ का भिमकान्त उपाध्याय (दारी बा), कोषाध्यक्षमा सिस्ने–५ का वामदेव गौतम, उप–कोषाध्यक्षमा सिस्ने–३ का कमानसिङ खत्री सर्वसम्मत निर्वाचित हुनु भएको छ । ७ जना पदाधिकारी १० सदस्य गरी १७ जनाको कार्य समिति निर्माण गरिएको छ । 

२०६५ साल देखि २०७४ साल सम्म रेडक्रस सोसाइटी रुकुमकोट उपशाखाको रूपमा रहेको थियो । पछि साविक रुकुम जिल्लालाई पूर्व र पश्चिम गरी दुई भागमा विभाजन गरेपछि जिल्लामा २०७५ साल लोकेन्द्रबहादुर बुढाथोकीको संयोजकत्वमा तदर्थ समिति गठन गरिएको थियो । त्यसपछि २०७७ पुस महिनामा मोहनबहादुर केसीको संयोजकत्वमै तदर्थ समिति पुनः गठन गरिपछि हाल सम्म केसीकै नेतृत्वमा रहेको तदर्थ समितिले नियमित कामकाज गर्दै आएको थियो । 

तदर्थ समितिले काम गर्दै आएको जिल्ला शाखाले शनिबार प्रथम अधिवेशनको बन्द सत्रबाट पहिलो पटक नेपाल रेडक्रस सोसाइटी रुकुमपूर्व शाखाले पूर्णता पाएको छ । 


 

प्रकाशित मिति: शनिबार, भदौ ११, २०७९  १५:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update