Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोट १० मा ‘बहुला’ कुकुरको बिगबिगी 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका १० नम्बर वडाको गलम्पाटी झन्डारी जुगे खोर्यटोलमा बहुला जस्तो देखिने कुकुरको बिगबिगी देखिएकाे छ । उक्त कुकुरको टोकाइबाट २ जना घाइते भएका छन् । स्थानीय मनबुवा रोकाय र टेकबहादुर बुढाथोकीलाई कुकुरले टोकेको छ ।  

घाइतेले जिल्ला अस्पताल सल्ले पुगेर रेबिज विरुद्धको खोप लगाएको बताइएको छ । त्यस्तै उक्त कुकुरले नै ६ भैसी, १ गोरु, एउटा गाई र अन्य ८ कुकुरलाई पनि टोकेको छ । यि पुश चौपायलाई नगर पशु शाखाबाट १२ डोज रेबिज खोप गाउँ मै लिएर लगाइएको वडाध्यक्ष धनबहादुर खड्काले जानकारी दिनुभयो । घर धनीले समयमै जानकारी नगराएका कारण केही पशु भने खाेपबाट छुटेकाे उहाँले बताउनुभयाे ।

सेतो रंगको बहुलायको जस्तो देखिने, पुच्छर सेपेको कुकुर भेटिएमा सतर्क रहने वडाले सबै वडावासीलाई अनुरोध गरेको छ । साथै यस्तो खालको कुकुर देखिएमा वडा कार्यालयमा खवर गर्न वडाले अनुरोध गरेको छ । उक्त कुकुर नियन्त्रणमा लिन वडा सदस्य बुद्धिप्रसाद रोकाय लगायत स्थानीय युवाहरुको टोलि खटिएको वडाध्यक्ष खड्काले बताउनुभयो ।
 

प्रकाशित मिति: आइतबार, भदौ १२, २०७९  १०:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update