Kakhara सबैको खबर सम्पूर्ण खबर
कृषिका विद्यार्थीबीच निवन्ध लेखन प्रतिसप्रधा

कृषि विषय अध्ययन गरिरहको विद्यार्थीबीच निवन्ध प्रतिसप्रधा भएको छ । कृषि विकास कार्यालयको आयोजनामा विद्यार्थीबीच निवन्ध प्रतियोगिता गरिएको हो । प्रांगारीक तथा रैथाने बाली संरक्षण दिवश २०७७ को अवसरमा कार्यालयले निबन्ध प्रतियोगिता आयोजना गरिएको हो । खाद्य सुरक्षामा रैथाने बालीको महत्व, सम्भावना र चुनौती विषयक निवन्ध प्रतियोगिता भएको हो ।

विद्यार्थीले लेखेर प्रतिसप्रधा गरेका छन् । बाँफिकोट गाउँपालिका २, को जनकल्याण माध्यामिक विद्यालय, त्रिवेणि गाउँपालिका २, को त्रिवेणि माध्यामिक विद्यालय र मुसीकोट नगरपालिका १३, को महेन्द्र माध्यामिक विद्यालयका ८ जना छात्रछात्राले प्रतियोगितामा सहभागिता जनाएका छन् । ४ जना छात्र र ४ जना छात्राले निवन्ध लेखेर बुझाएका छन् ।

रैथाने बालीप्रतिको बुझाई प्रष्ट पार्ने, महत्व बुझाउने र प्रचार प्रसार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कृषि विकास कार्यालयका निमित्त प्रमुख मिनबहादुर केसीले जानकारी दिनुभयो । कार्यालयले निवन्धको मूल्याङ्कन गरेको छैन । निवन्ध लेखन प्रतियोगितामा प्रथम हुनेलाई ५, दोस्रो हुनेलाई ३, तेस्रो हुनेलाई २ र सान्त्वना हुनेलाई १ हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रकाशित मिति: शनिबार, फागुन ८, २०७७  १४:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update