कर्णाली प्रदेशमा दुई मन्त्री थपिएका छन् । नेकपा माओवादी केन्द्रका तर्फबाट कृष्णा शाही र रातो कामी थपिनुभएको हो । आजै थपिएका दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ पनि लिएका छन् ।
प्रदेश प्रमुख तिलक परियारले आर्थिक मामिला तथा योजना मन्त्री कृष्णा शाह र जलस्रोत तथा ऊर्जा विकास मन्त्री रातो कामीलाई पद तथा गोपनीयताको शपथ खुवाउनुभएको हो ।
यसअघि माओवादीले आफ्ना सरकारमा सहभागी आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र जल, स्रोत तथा ऊर्जा विकास मन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाएर शाह र कामीलाई मन्त्रीका लागि मुख्यमन्त्री समक्ष सिफारिस गरेको थियो ।
रुकुम पश्चिमका कामी र जाजरकोटकी शाह मन्त्री बनेसँगै कर्णाली प्रदेशमा माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने ११ जना मन्त्री बन्न सफल भएका छन् । शाह जाजरकोटकी समानुपातिक सांसद हुनुहुन्छ कामी रुकुम पश्चिम निर्वाचन क्षेत्र नम्बर क बाट प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ ।