Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पूर्व सिंचाइ कार्यालयका प्रमुख महताे प्रदेशकै उत्कृष्ट 
सिंचाइ मन्त्री वीरबहादुर रानाद्वारा कार्यालय प्रमुख महताेलाई सम्मान पत्र ग्रहण गर्नु हुँदै ।

रुकुमपूर्वको उर्जा जलस्रोत तथा सिंचाइ विकास सव–डिभिजन कार्यालयका प्रमुख योगेन्द्र महताे लुम्बिनी प्रदेश सरकारको उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयबाट उत्कृष्ट कार्यालय प्रमुखको रूपमा सम्मानित हुनु भएको छ । महताे प्रदेशको उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयबाट प्रदेशकै उत्कृष्ट कार्यालय प्रमुखको रूपमा सम्मानित हुनु भएको हो । 

सिंचाइ मन्त्रालयको प्रथम वार्षिकत्सव तथा प्रदेश जलस्रोत दिवसको उपलक्ष्यमा महत्तोलाई सम्मान गरिएको छ । रुकुम पूर्व जस्तो हिमाली जिल्लामा लामो समय सम्म् कार्यरत रही कुशलता पूर्वक कार्य सम्पादन गर्नु भएकोले उर्जा जलस्रोत तथा सिंचाइ विकास सव–डिभिजन कार्यालयका प्रमुख योगेन्द्र महताे ज्यू लाई निस्वार्थ सेवा भावले पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै उत्तरोत्तर प्रगतिको कामना सहित यो सम्मान पत्र प्रदान गरिएको छ, मन्त्रालयले सम्मान गरेको सम्मान पत्रमा उल्लेख छ । 

लुम्बिनी प्रदेशको १२ वटा जिल्ला मध्ये सिंचाइ मन्त्रलायको सव–डिभिजन कार्यालय रुकुमपूर्वमा मात्र रहेको छ । ११ जिल्लामा मन्त्रालयको जिल्ला डिभिजन कार्यालय रहेका छन् । जस अन्तर्गत उत्कृष्ट कार्यालय प्रमुख रूपमा महतो र उत्कृष्ट कार्यालयको रूपमा रुपन्देहीलाई मन्त्रालायले सम्मान गरेको छ  । 

प्रकाशित मिति: सोमबार, भदौ १३, २०७९  १६:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update