रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाको देउता खोलामा वेपत्ता दलविर गुरुङको शव भेटिएको छ । आईतबार वडा नम्बर ३ को गुमाखोलाका ७० वर्षिय गुरुङलाई देउताखोलाले बगाएको थियो । घरबाट वडाकै पेदीबजार आउँने क्रममा एक्कासी खोलाको बहाव बढ्दा गुरुङ बग्नुभएको थियो । गरुङको शव सोमबार सानीभेरी गाउँपालिका वडा नम्बर २ को फल्ले वगरमा भेटिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
स्थानीय र प्रहरीको सक्रियतामा वेपत्ता गुरुङको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजिव क्षेष्ठले बताउनभयो । त्यस्तै खोलाले बगाएर अर्की एक बृद्धा वेपत्ता भएको उहाँको भनाई छ । वडा नम्बर ३ गुमाखोलाकै अन्दाजी ७४ वर्षिया लिलादेवी गुरुङ वेपत्ता भएको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो । लिलादेवी पनि आईतबार देखि नै वेपत्ता भएको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।