Kakhara सबैको खबर सम्पूर्ण खबर
नेकपा एस रुकुम पूर्वद्वारा आकाङ्क्षी उम्मेदवारको नाम सिफारिस 
नेकपा एस रुकुम पूर्वको बैठक । 

माधवकुमार नेपालको नेतृत्वमा रहेको नेकपा एकीकृत समाजवादी (एस) रुकुम पूर्वले आगामी संघ र प्रदेशसभा निर्वाचनमा आकाङ्क्षी उम्मेदवारको नाम प्रदेश कमिटीमा सिफारिस गरेको छ । रुकुमकोटमा आइतबार बसेको जिल्ला कमिटीको बैठकले आगामी मङ्सिर ४ गते तोकिएको संघ र प्रदेशसभा सदस्यका लागि पार्टीबाट आकाङ्क्षी उम्मेदवारको नाम प्रदेश कमिटीमा सिफारिस गरेको हो । 


प्रदेश निर्वाचन (क)बाट भीउमान घर्ती मगर, सुनिता बुढा, भागीप्रसाद बिक र काशिराम पुन उम्मेदवारका आकाङ्क्षीहरूको नाम प्रदेश कमिटीमा सिफारिस गरिएको छ । यस्तै प्रदेश निर्वाचन (ख)बाट भुबनेश्वर उपाध्याय, ललिता बुढा, केशव शाह र बसन्त गौतमको नाम सिफारिस गरिएको छ । संघीय प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि टिकाराम उपाध्याय, मोहनबहादुर केसी, भक्त केसी र भारती नेपालीलाई उम्मेदवारको लागि प्रदेश कमिटीमा नाम सिफारिस गरिएको  नेकपा एस रुकुम पूर्वले जानकारी दिएको छ । 
साथै संघीय र प्रदेशसभा निर्वाचन परिचालनको लागि जिल्ला अध्यक्ष भीउमान घर्ती मगरको संयोजकत्वमा १ सय ५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको छ । 

 


 

प्रकाशित मिति: सोमबार, भदौ १३, २०७९  १९:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update