Kakhara सबैको खबर सम्पूर्ण खबर
नवौं राष्ट्रिय खेलकुदका लागि रुकुम पश्चिम जिल्ला स्तरीय छनौट भोलीबाट 

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि रुकुम पश्चिममा भोलीबाट जिल्ला स्तरीय खेलाडी छनौट सुरु हुने भएको छ । असोज २८ देखि कार्तिक ३ गतेसम्म पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जिल्लामा १५ मध्य १४ वटा खेलका खेलाडी छनौट भोली भाद्र १५ गतेबाट सुरु हुन लागेको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । 

भोली भलिबलको छनौट सुरु हुने छ । भोली र पर्सी दुई दिनमा महिला पुरुष भलिबलको छनौट हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शैलेशकुमार शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार भाद्र १६ गते क्रिकेट र करातेको छनौट हुने छ । तेक्वान्दोको १७ गते, कबड्डी, बक्सिङ, उसु, फुल कन्ट्याक कराते, आइटीएफ तेक्वान्दो, जुडो, चेस र पौडिको छनौट १८ गते हुने उहाँले बताउनुभयो । 

त्यस्तै ब्याडमिन्टन र एथ्लेटिक्सको १९ गते छनौट हुने छ । फुटबलको भने प्रदेशबाट जानकारी आएपछि मात्र सूचना हुने जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख लिलाप्रसाद ढकालले बताउनुभयो । महिला पुरुष भलिबल छनौट भलिबल प्रशिक्षण केन्द्र मठ र अन्य खेलको छनौट बराहटाकुरामा हुने छ । चेस र पौडिका खेलाडीले खेलकुद विकास समितिको कार्यालयमा सम्पर्क गर्नुपर्ने कार्यालय प्रमुख ढकालले बताउनुभयो । 

जिल्ला स्तरीय छनौटका लागि कुल २ सय ९४ जनाले आवेदन दिएका छन् । सबैभन्दा फुटबलमा ६० जनाले आवेदन दिएको कार्यालयले जनाएको छ । त्यस्तै भलिबलमा ५९ जना, एथ्लेटिक्समा ३२, तेक्वान्दोमा १९, ब्याडमिन्टनमा २६, करातेमा १२, कबड्डीमा १२, क्रिकेटमा ३६, चेसमा ५, बक्सिङमा ४, उसुमा ४, फुलकन्ट्याक करातेमा ४, आइटीएफ तेक्वान्दोमा १६, जुडामा ४ र पौडीमा २ जनाले नाम लेखाएका छन् ।

301612714_2791569574310210_2834543433352161109_n1661848500.jpg

प्रकाशित मिति: मंगलबार, भदौ १४, २०७९  १३:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update