Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिम र पूर्वमा एक वर्षमा खाद्यको तीन हजार क्विन्टल बढी चामल बिक्रि 
खाद्यको शाखा कार्यालय सल्लेबाट चामल बिक्रि गरिदैँ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय रुकुम पश्चिमले वितेको वर्ष ३ हजार क्विन्टल बढी चालम बिक्रि गरेको छ । कार्यालयले एक वर्षमा रुकुम पश्चिम र पूर्वमा गरी ३ हजार २ सय ४० क्विन्टल २० किलो चामल बिक्रि गरेको हो । शाखा कार्यालय, डिपो, बिक्रि केन्द्र तथा सहकारी मार्फत आर्थिक वर्ष २०७८/०७९ मा कम्पनीले उक्त परिमाणमा चामल बिक्रि गरेको जनाएको छ । 

रुकुम पश्चिममा शाखा कार्यालय सल्ले र आठबीसकोट नगरपालिकाको स्यालाखदी बिक्रि केन्द्र तथा दुई वटा सहकारी मार्फत खाद्यको चामल बिक्रि भइरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयका चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । रुकुम पूर्वमा दुई ठाउँ शोभागाउँ डिपो कार्यालय रुकुमकोट र तकसेरा वितरण केन्द्रबाट चामल बिक्रि भइरहेको छ । 

शाखा कार्यालय सल्लेबाट ११ सय २० क्विन्टल चामल बिक्रि भएको छ । जसमध्य २ सय २० क्विन्टल चामल संरक्षण वहुउद्देश्यिय सहकारी र पालाकोट कृषि सहकारी संस्था बाँफिकोटले गाउँमा लिएर बिक्रि गरेको खड्काले बताउनुभयो । यसवाहेक स्यालाखदी बिक्रि केन्द्रबाट ५ सय ५० क्विन्टल चामल बिक्रि भएको छ । 

त्यस्तै रुकुम पूर्वको डिपो कार्यालय रुकुमकोटबाट ६ सय ५० क्विन्टल र तकसेरा बिक्रि केन्द्रबाट ९ सय २० क्विन्टल २० किलो खाद्यको चामल बिक्रि भएको छ । खाद्यले ३ किसिमको चामल बिक्रि गरिरहेको छ । अरुवा सोना मन्सुली, स्टिम जिरा मसिनो र बासमती चामल शाखा कार्यालय सल्लेबाट बिक्रि भइरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ । 

गुणस्तर अनुसार चामलको रकम फरक फरक छ । ३० किलाको चामलको बोरालाई १४ सय ४० रुपैंया, २५ किलाको चामलको बोरालाई १६ सय ५० र २० किलाको बोरालाई २३ सय रुपैंयामा बिक्रि भइरहेको बताइएको छ । पछिल्ला दिनहरुमा खाद्यको चामल बिक्रि बढ्दो क्रममा रहेको कम्पनीको भनाई छ । सहकारी मार्फत पनि चामल बिक्रि हुन थालेपछि खाद्यको चामल गाउँ गाउँमा पुगिरहेको छ ।
 

प्रकाशित मिति: मंगलबार, भदौ १४, २०७९  १४:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update