रुकुम पूर्वमा वनसँग सेलिब्रेटी कार्यक्रम रौनक छाएको छ । हरितालिका तिजको अवसरमा डिभिजन कार्यालय रुकुम पूर्वको आयोजनामा मङ्गलबार एक दिने वनसँग सेलिब्रेटी कार्यक्रम रुकुमकोटमा सञ्चालन गरिएको हो ।
तिज पर्वको अवसरमा तिज गीत मार्फत वन, वातावरण, वन्यजन्तु सम्बन्धि जनचेतना अभिबृद्धि गराउने उद्देश्यले वनसँग सेलिब्रेटी कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । जिल्लाका विभिन्न ठाउँबाट वनसँग सेलिब्रेटी कार्यक्रम हेर्न आएका छन् । कार्यक्रममा पूर्णचन्द्र परियार, सम्झना रणपाल, दिपक भण्डारी, मञ्जु भट्टराई र टंक संगित कलाकारहरूले आफ्नो प्रस्तुति प्रदर्शन गरिराख्नु भएको छ ।
कार्यक्रममा वन, वातावरण, वन्यजन्तु सम्बन्धि कलाकारहरूले तिज गीत मार्फत आफ्नो कला प्रस्तुत गरिराख्नु भएको छ । कार्यक्रममा प्रदेशसभा सदस्य तेजबहादर ओली, जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठ, सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मी, प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवार, डिभिजनल वन अधिकृत जितेन्द्रसिंह खड्का लगायत जिल्ला स्थित विभिन्न राजनैतिक दल, सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि लगायतको आतिथ्यता रहेको छ ।
तस्बिरहरुः