केन्द्रिय प्रसारण लाईन अन्तरगत सल्यानबाट रुकुम पश्चिम ल्याइएको विद्युत अवरुद्ध भएको छ । रुकुम पश्चिमको त्रिवेण्ीा गाउँपालिकाको झुल्नेटा नजिकै राप्ती राजमार्ग खण्डको ढाँरेगैरामा ३३ केभी प्रसारण लाईनको पोल बगेपछि तार लत्रिएको छ ।
उक्त क्षतिको मर्मत गर्नका लागि सल्यानबाट सप्लाइ हुने विद्युत बन्द गरि लाइन मर्मत तथा सुधारको काम सुरु गरिएको नेपाल विद्युत प्राधिकरण रुकुम पश्चिम वितरण केन्द्रले जानकारी दिएको छ । प्रतिकुल मौसम र जटिल भूगोलका कारण मर्मत कार्यका लागि आज दिनभर लाग्न सक्ने वितरण केन्द्र प्रमुख त्रिलोचन भट्टराईले जानकारी दिनुभयो ।
अव वारीपारी ठूला ४÷४ वटा पोल गाड्ने तयारी भइरहेको उहाँले बताउनुभयो । अहिले रुकुम पश्चिम तथा रुकुम पुर्वका अधिकांश क्षेत्रमा जाजरकोट स्थित कुदु सवस्टेसनबाट आएको विद्युत वितरण भइरहेको छ । यसबाट ग्राहकमा पर्न जाने असुविधाप्रति वितरण केन्द्रले क्षमा मागेको छ ।