प्रमुख सचेतक
माओवादी केन्द्र कर्णाली प्रदेशको प्रमुख सचेतकमा शर्मा
नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सभा संसदीय दलको प्रमुख सचेतकमा गोपाल शर्मा चयन हुनुभएको छ । पार्टीले बिहिबार शर्मालाई प्रमुख सचेतक तोकेको हो । शर्मा रुकुम पश्चिम प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ख बाट प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ । शर्मा यसअघि कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री समेत बन्नुभएको थियो । शर्मा रुकुम पश्चिमको चौरजहारी निवासी हुनुहुन्छ ।
प्रकाशित मिति: बिहीबार, भदौ १६, २०७९ १८:०३
प्रतिक्रिया दिनुहोस्