Kakhara सबैको खबर सम्पूर्ण खबर
मुनाले जितिन् कृषिका विद्यार्थीबीचको प्रतिस्प्रधा

मुसीकोट नगरपालिका १३, को महेन्द्र माध्यामिक विद्यालयका छात्रा मुना खड्काले निवन्ध लेखनको प्रतिस्प्रधा जितेकी छिन् । कृषि विकास कार्यालयले आयोजना गरेको प्रतियोगितामा अरु ७ जनालाई उछिन्दै मुना प्रथम भएकी हुन् । प्रांगारीक तथा रैथाने बाली संरक्षण दिवश २०७७ को अवसरमा कार्यालयले निबन्ध प्रतियोगिता आयोजना गरेको थियो ।

खाद्य सुरक्षामा रैथाने बालीको महत्व, सम्भावना र चुनौती विषयक निवन्ध प्रतियोगितामा सोही विद्यालयका हिमाल पुन मगर दोस्रो भए भने बाँफिकोट गाउँपालिका २, को जनकल्याण माविकी वविताकुमारी गौतम तेस्रो भइन् । महेन्द्र माविकै रविना केसी सान्त्वना भइन् । प्रतियोगिताका विजयी छात्रछात्रालाई पुरस्कारको व्यवस्था गरिएको छ ।

कृषि विकास कार्यालयका निमित्त प्रमुख मिनबहादुर केसीले प्रथमलाई ५, दोस्रोलाई ३, तेस्रोलाई २ र सान्त्वना आउनेलाई १ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको जानकारी दिनुभयो । रैथाने बालीप्रतिको बुझाई प्रष्ट पार्ने, महत्व बुझाउने र प्रचार प्रसार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कृषि विकास कार्यालयका निमित्त प्रमुख केसीले बताउनुभयो । प्रतियोगितामा कृषि विषय अध्ययन गरिरहेका छात्रछात्राले सहभागिता जनाएका थिए ।

प्रकाशित मिति: आइतबार, फागुन ९, २०७७  १३:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update