नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि रुकुम पश्चिममा तेक्वान्दो र कराँतेको जिल्ला स्तरीय छनौट सम्पन्न भएको छ । विभिन्न तौल समुहमा महिला र पुरुष खेलाडीहरु छनौट भएका छन् । जिल्ला खेलकुद विका समितिका अनुसार अहिलेसम्म तेक्वान्दो, कराँते र क्रिकेटको छनौट सकिएको छ ।
तेक्वान्दो तर्फ पुरुषमा ५४ केजी तौल समुह मुनि हरि विक, ५८ केजी तौल समुह मुनि प्रविणजंग खड्का, ६३ केजी तौल समुह मुनि खड्क विक, ६८ केजी तौल समुह मुनि डिल्लीप्रसाद शर्मा र ८७ केजी मुनि योगेश कँवर योगी छनौट भएका छन् ।
महिला तर्फ ४६ केजी मुनि दीपा चनारा, ४९ केजी मुनि रेजिना बुढा, ५३ केजी मुनि निशा केसी, ५७ केजी मुनि अस्मिता बुढा, ६७ केजी मुनि संगीता बुढा र ६३ केजी मुनि इला खत्री छनौट भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।
पुंसे तर्फ आभाष शाह र रेजिना बुढा छनौट भएका छन् । त्यस्तै कराँतेमा पुरुष तर्फ ५० केजी मुनि हिमाल रोका मगर, ५५ केजी मुनि हिमाल पुन मगर, ६० केजी मुनि नविन घर्ती र ६८ केजी मुनि भिम बुढा छनौट भएका छन् ।
महिला तर्फ ४५ केजी मुनि गंगा पुन मगर, ५० केजी मुनि विपना विक, ५५ केजी मुनि भगवति खड्का र ६० केजी मुनि धनमाया बुढा मगर प्रदेश स्तरीय छनौटमा भाग लिन छनौट भएकी छन् । भोली फुटबल र ब्याडमिन्टनको छनौट सुरु हुने जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव लिलाप्रसाद ढकालले जानकारी दिनुभयो ।