नेकपा एमाले रुकुम पश्चिमले पनि मसिंर ४ गते हुने संघीय र प्रदेश सभाका लागि हुने निर्वाचनकोे लागि उम्मेदवार सिफारिस गरेको छ । संघीय निर्वाचन र प्रदेश सभाका दुई वटै क्षेत्रबाट नेकपा एमालेले उम्मेदवार सिफारिस गरेको हो । संघमा मात्र प्रत्यक्ष र सामानुपातिक गरेर ९ जनालाई सिफारिस गरिएको छ ।
एमालेले प्रत्यक्ष तर्फ जिल्ला अध्यक्ष नन्दराम देवकोटा सहित ३ जनालाई सिफारिस गरेको छ । प्रविण नेपाल र सरिता सुनारलाई पनि प्रतिनिधि सभा निर्वाचनकोे लागि सिफारिस गरिएको छ । पार्टीले सामानुपातिक तर्फ ६ जना उम्मेदवारको नाम सिफारिस गरेको छ ।
चन्द्रबहादुर विश्वकर्मा, रचना मल्ल, विद्यापती रिजाल, गोविन्द केसी, बालाराम पुन र कौशिला केसीलाई समानुपातिकमा सिफारिस गरिएको नेकपा एमालेले जनाएको छ । त्यस्दै दुई प्रदेश सभा निर्वाचन क्षत्र रहेकामा क्षत्र नम्बर (क) बाट प्रत्यक्ष तर्फ ३ जनालाई सिफारिस गरेको एमालेले (ख) बाट भने ५ जनालाई सिफारिस गरेको छ ।
प्रदेश सभा अन्तरगत क को प्रत्यक्ष तर्फ नारायणकुमार शाह, जीवन केसी र डिला शाहलाई सिफारिस गरेको एमालेले समानुपातिक तर्फ व्युझना पुन, तुलशा मल्ल, शशिराम नेपाली, मोेहनलाल खत्री, गणेश केसी र लालबहादुर वुढालाई सिफारिस गरेको छ । प्रदेश सभा क्षत्र नम्बर (ख) बाट भने ५ जनालाई सिफारिस गरिएको छ ।
सिफारिसमा पर्नेहरुमा कर्णबहादुर घर्ती, हिमप्रकाश शर्मा, लोकेन्द्र मल्ल, डण्डी कार्की र भद्रकुमारी खड्का रहनुभएको छ । समानुपातिक तर्फ खड्क वस्त्रकार, मानविर घर्ती, मिस्रीलाल पुन, यज्ञबहादुर बिष्ट र गणेश सुनारलाई सिफारिस गरिएको नेकपा एमाले रुकुम पश्चिमका प्रचार विभाग प्रमुख मिजाश मल्लले बताउनुभयो ।
एमालेले संघीय र प्रदेश सभाका लागि उम्मेदवार सिफारिस गरे संगै रुकुम पश्चिममा अव ठूला दल मध्य माओवादी केन्द्रले मात्र उम्मेदवार सिफारिस गर्न बाँकी छ । नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेसले यस अघि नै संघीय र प्रदेश सभाका लागि उम्मेदवार सिफारिस गरिसकेका छन् ।