रुकुम पश्चिम जिल्ला अस्पताल विकास समितिको अध्यक्षका टेकबहादुर कुसारी मनोनित हुनुभएको छ । कुसारीलाई प्रदेश सरकारले अध्यक्षमा मनोनित गरेको हो । श्रावण ११ गतेको सामाजिक विकास मन्त्रालयको निर्णय अनुसार कुसारीलाई अस्पताल विकास समितिको अध्यक्षमा मनोनित गरिएको थियाे । तर कुसारीले आइतबार मात्र कार्यभार सम्हाल्नुभएको छ । केही सदस्य टुंगिन बाँकी रहेकोले औपचारिक रुपमा कार्यभार सम्हाल्न समय लागेको अध्यक्ष कुसारीले बताउनुभयो ।
त्यस्तै अस्पताल विकास समितिको सदस्यमा कमला केसी, दिपकराज खड्का र घनश्याम थापा मनोनित हुनुभएको छ । आईतबार अस्पताल प्रशासनले अस्पताल व्यवस्थापन समितिको नयाँ नेतृत्वलाई स्वागत गरेको थियो । त्यस्तै निवर्तमान अध्यक्ष सुन्दर ओलीलाई बिदाई समेत गरिएको थियो । अस्पतालको समग्र विकासका लागि योजना बनाएर लाग्ने अध्यक्ष कुसारीले बताउनुभयो ।
के समस्या छन् तिनको पहिचान गरी उक्त समस्यालाई हल गर्न तर्फ आफ्नो ध्यान केन्द्रीत हुने उहाँको भनाई छ । यसका लागि जिल्लास्थित सबै सरोकारवालाको सहयोगको आवश्यकता पर्ने समेत उहाँले बताउनुभयो । अस्पताल विकास समिति लामो समय देखि नेतृत्व विहिन अवस्थामा रहेको थियो ।