Kakhara सबैको खबर सम्पूर्ण खबर
मेलचाैर र घापाघारका ७ घर बाढी पीडितलाई गाउँपालिकाको राहत  
वाढीले क्षतिग्रस्त घर ।

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ५ मेलचाैर र घापाघारका ७ घरपरिवारलाई गाउँपालिकाले राहत वितरण गरेको छ । भदौ १२ गते आएको बाढीले घर पूर्ण क्षति भएका वडा नम्बर ५ मेलचाैर र घापाघारका ७ घर पीडितलाई  गाउँपालिकाले राहत वितरण गरेको हो । गाउँमै पुगेर पीडित परिवारलाई राहत स्वरुप गाउँपालिकाले खाद्यान्न वितरण गरेको हो ।

गोपाल कुसारी, अमर पुन, चन्द्रविर पुन, गणविर कुसारी, कर्णबहादुर कुसारी, गणेश कुसारी र हरि खत्रीको परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरिएको गाउँकार्यपालिका प्रवक्ता पहलसिङ घर्तीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रत्यक पीडित परिवारलाई २ बोरा चामल, ६ किलो दाल, ४ लिटर तेल र ४ किलो नुन वितरण गरिएको छ ।

305263165_5532912376827476_8060911120864557830_n1662377640.jpg
राहत वितरण गर्दै गाउँपालिका अध्यक्ष ।

घर पूर्ण रुपमा क्षति भएका परिवारलाई संघ र प्रदेश सरकारसंग समन्वय गरी यही आर्थिक वर्षमा जनता आवास कार्यक्रम अन्तरर्गत घर निर्माण गर्ने गाउँकार्यपालिकाले निर्णय गरेको उहाँले बताउनुभयो । त्यस्तै बाढीमा परेर घाइते भएकी गोपाल कुसारीकी ८ वर्षीया छोरी सुश्मा कुुसारीको उपचारमा लाग्ने सबै खर्च पनि गाउँपालिकाले बेहोर्ने निर्णय भएको प्रवक्ता घर्तीले बताउनुभयो । 

सुश्माको नेपालगञ्जमा उपचार भइरहेको छ । भदौ १२ गते देउता खोलामा आएको बाढीले  वडा नम्बर ५ मेलचाैर र घापाघारमा ७ घरमा पूर्ण रुपमा क्षेति हुनुका साथै गोपाल कुसारीको २ वटा भैँसी र एउटा बाख्रा मरेको थियो । त्यस्तै देउता खोलाले बगाएर २ जनाको मृत्यु समेत भएको थियो ।
 

प्रकाशित मिति: सोमबार, भदौ २०, २०७९  १७:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update