Kakhara सबैको खबर सम्पूर्ण खबर
स्थानीय स्रोत नै नागरिकको आत्मनिर्भर आधार बन्छ: नेता पुन
माओवादी केन्द्रका स्थायी समिति सदस्य गणेशमान पुन ।

स्थानीय स्रोत साधन नै नागरिकको आत्मनिर्भर आधार बन्ने नेकपा माओवादी केन्द्रका स्थायी समितिका सदस्य गणेशमान पुनले बताउनु भएको छ । सोमबार रुकुमकोटमा जिल्ला स्थित सञ्चारकर्मीसँग कुराकानी गर्नु हुँदै पूर्व आपूर्ति मन्त्री समेत रहनु भएका माओवादी केन्द्रका स्थायी समिति सदस्य पुनले यस्तो बताउनु भएको हो । 

विकासको मोडेल स्थानीय स्रोत साधन तथा स्थानीय नागरिकको जीनवसँग मेल खाने खालको हुनु पर्ने बताउनुभयो । कुनै एक ठाउँको विकासको योजना अर्काे ठाउँको विकास एवं परिवर्तनका निम्ति एक ठाउँको निम्ति बनाइएको योजनाले मेल खान नसक्ने भएकोले ठाउँ अनुसारको स्थानीय स्रोत साधनको प्रयोगबाट मात्र नागरिकलाई आत्मनिर्भर बनाउन सकिने पुनले बताउनुभयो । 

विकास मोडेल तय गर्दा अब माओवादी केन्द्रले स्थानीय स्रोत साधनलाई पहिचान गर्दै त्यसबाटै नागरिकलाई आत्मनिर्भर गराउनेमा जोड दिने उहाँले धारणा राख्नुभयो । रुकुमपूर्वको सन्दर्भमा विकासको मोडेल तयार गर्दा ऐतिहासिक १० वर्षे जनयुद्धको क्रममा हाल अवशेष रहेको स्थानहरूमा युद्ध पर्यटनको विकास, परापूर्व काल देखिको चली आएको रहनसहनलाई जीवित राख्न जीवन्त सङ्ग्रहालय, कृषिमा आत्मनिर्भर बनाउनका लागि पारिवारिक कृषि पेसालाई प्रोत्साहन दिने खालको कार्यक्रम मार्फत नागरिकको स्थायी आयआर्जनमा जोड दिने माओवादी केन्द्रको एजेन्डा रहने पुनको भनाइ रहेको छ । 

सारमा उहाँले स्थानीय स्रोत साधनलाई नीतिगत ढंगले पहिचान गरी परिचालनबाट स्थानीय अर्थतन्त्रलाई स्थायी बनाउनु नै अबको विकास तथा परिवर्तनको आधार रहेको बताउनुभयो । 


 

प्रकाशित मिति: सोमबार, भदौ २०, २०७९  १८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update