रुकुम पूर्वको सिस्ने गाउँपलिका पालिका स्तरीय बृहत यौनिकता शिक्षा कार्यक्रम समीक्षा गोष्ठी सम्पन्न भएको छ । युएनएफपीए नेपाल र सिदार्थ सामाजिक विकास केन्द्र कपिलवस्तु सहकार्य तथा सिस्ने गाउँपालिकाको आयोजनामा सोमबार आज रुकुमकोटमा समीक्षा कार्यक्रम सप्पन्न गरिएको हो ।
सिस्ने गाउँपालिका भित्रका ९ वटा माध्यामिक विद्यालयहरुमा उक्त कार्यक्रम सञ्चालन गरिएको छ । समीक्षा कार्यक्रममा विद्यालयमा बृहत यौनिकता शिक्षा सम्वन्धी सञ्चालन भएका गतिविधि र सोबाट भएका उपलब्धीका बारेमा समीक्षा गरिएको थियो, सिकेका कुराहरुलाई विद्यालय सम्म किशोर किशोरी माझ पुर्याउन गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले सहभागिलाई आग्रह गर्नुभएको छ ।
त्यस्तै रेग्मीले गाउँपालिका यो कार्यक्रम किशोर किशोरीहरूका लागि जीवन उपयोगी र अत्यावश्यक भएकोले सिस्ने स्थानीय सरकारले स्थानीय पाठ्यक्रममा समवेश गर्ने प्रतिबद्धता सहित विद्यालयमा बृहत यौनिकता शिक्षालाई प्रभावकारी ढंङले अघि बढाउनु पर्नेमा जोड दिदै कार्यक्रम सहकार्य गर्ने निकायलाई धन्यवाद दिनुभएको छ ।
युएनएफपीएका जिल्ला संयोजक भुवन सेजुवालले कार्यक्रमको बारेमा जानकारी गराउनुहुदै नेपालले यौन तथा प्रजनन, युवा किसोर÷किशोरी लैङ्गिक समानता तथा लैङ्गिक हिंसा अन्त्य र जनसंख्या विकासको क्षेत्रमा काम गर्दै आएको, गाउँपालिका भित्रका माबि विद्यालयहरुमा उक्त कार्यक्रम सुरु गरिएको बताउनुभयो । किसोर अवस्थामा के कस्ता समस्या देखिन्छ किशोर किशोरीको उमेर अनुसार ती समस्याको पहिचान गरि कसरी समाधान गर्न सकिन्छ भन्ने उद्देश्यले उक्त कार्यक्रम विद्यालयहरुमा संचालन गरिदै आएको सेजुवालले बताउनुभयो ।
गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीको अध्यक्षतामा सप्पन्न कार्यक्रममा उपाध्यक्ष गोपाल रेउले, शिक्षा तथा समन्वय ईकाई रुकुम पूर्वका प्रमुख तिलक गौतम, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विकासबिक्रम शाहको उपस्तिथि रहेको थियो । त्यस्तै युएनएफपीए जिल्ला संयोजक भुवन सेजुवाल, सिदार्थ सामाजिक विकास केन्द्रका ध्रुर्व वेल्वासे सम्बन्धित विद्यालायका प्रधानअध्यापकहरु गाउँपालिका लगायतको उपस्थित रहेको कार्यक्रमको सहजीकरण गाउँपालिका शिक्षा शाखा प्रमुख मङ्गलसिङ बुढाले गर्नुभएको थियो ।