असोज २८ गते देखि कार्तिक ३ गतेसम्म हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णाली प्रदेश स्तरीय महिला पुरुष भलिबलको छनौट आजबाट कालिकोटमा सुरु भएको छ । छनौटमा सहभागिताका लागि रुकुम पश्चिमको महिला तथा पुरुष भलिबल टिम कालिकोट पुगिसकेको छ ।
प्रदेश छनौटका लागि रुकुम पश्चिमको महिला पुरुषको ९/९ सदस्यीय टिम यसअघि नै घोषणा गरिएको थियो । पुरुष भलिबल तर्फ नविन ओली, कमल सुनार, हरिकृष्ण विक, दिलिप चन्द, लक्ष्मण खड्का, गणेश बुढा, पहल गहतराज, रुपेन्द्र खड्का र तेजविक्रम बिएम रहेका छन् ।
त्यस्तै महिला तर्फ विपना ओली, सर्मिला परियार, संगिता विक, विमला विक, जानकी नाथ, भिमकुमारी मल्ल, सृजना विक, जमुना विक र धनमाया बोहरा रहेका छन् । महिला पुरुष भलिबलको टिम व्यवस्थापक तथा कोचमा भिमप्रकाश विक रहनुभएको छ । महिला तथा पुरुष भलिबल कालिकोटमा आज देखि सुरु हुँदै छ ।
खेल २३ गतेसम्म संचालन हुने छ । पुरुष भलिबलमा रुकुम पश्चिम प्रदेशको बलियो टिम हो । साविकको मध्यपश्चिम तथा हालको कर्णाली प्रदेशमा रुकुम पश्चिमले निरन्तर राम्रो प्रदर्शन गरिरहेको छ । साविकको क्षेत्र तथा प्रदेश स्तरीय खेलकुद प्रतियोगितामा रुकुम पश्चिमले लगातार तीन पटक उपाधी जितेको छ । यो पटक पनि विजेता बने लगातार चौथो पटक उपाधी जित्ने छ ।