Kakhara सबैको खबर सम्पूर्ण खबर
पुथाउत्तरगंगा गाउँपालिकाले नियुक्त गर्यो ९७ जना शिक्षक 

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाले झण्डै एक सय जना शिक्षक नियुक्त गरेको छ । बाल शिक्षा, प्रावि, निमावि र माविमा गरी ९७ जना शिक्षक करारमा नियुक्त गरेको हो । गाउँपालिकाले विभिन्न समयमा गरी करार स्वमंसेवक शिक्षक नियुक्त गरेको हो । 

गाउँपालिका अध्यक्ष पुनिराज घर्तीका अनुसार बाल शिक्षामा १५ जना र माध्यमिक तहमा १० जना शिक्षक नियुक्त गरिएको छ । त्यस्तै प्रावि तहमा ४१ जना र निमावि तहमा ३१ जना शिक्षक नियुक्त गरिएको उहाँले बताउनुभयो । गाउँपालिकाले नै परीक्षा संचालन गरेर शिक्षक नियुक्त गरेको गाउँपालिका अध्यक्ष पुनिराज घर्तीले जानकारी दिनुभयाे । 

गाउँपालिकाले यसअघि १ सय ८२ जना शिक्षक नियुक्त गरेको थियो । आवश्यकता भन्दा बढी शिक्षक भएको भन्दै गाउँपालिकाले उक्त सबै शिक्षकको करार सम्झौता रद्द गर्दै नयाँ भर्ना खोलेको गाउँपालिका अध्यक्षा घर्तिले बताउनुभयाे । उहाँका अनुसार गाउँपालिकाले स्वास्थ्य, कृषि, पशु प्राविधिकहरु पनि करारमा भर्ना गरेको छ । 

कृषि र पशु सेवा तर्फ ५५ जना, स्वास्थ्यकर्मी तर्फ अहेव १० जना, अनमि ७ जना र ल्याबमा ३ जना गरी ३० जनालाई भर्ना गरिएको थियो । दुर्गममा रहेको पुथाउत्तरगंगाले दरबन्दी अनुसार कर्मचारी नभएपछि आन्तरिक स्रोतबाट व्यहोर्ने गरी ठूलो संख्यामा करार कर्मचारी भर्ना गरी काम चलाईरहेको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ २१, २०७९  १३:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update