Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसीकोटका ४ वडावासीको दाहसंस्कारका लागि निःशुल्क दाउरा 
फाइल फाेटाे ।

रुकुम पश्चिमको मुसीकोट नगरपालिकाका ४ वडावासीको दाहसंस्कारका लागि आवश्यक पर्ने दाउँरा निःशुल्क रुपमा नगरपालिकाले उपलब्ध गराउने भएको छ । वडा नम्बर १, २, ३ र ५ को चालु आर्थिक वर्ष २०७९/०८० को स्वीकृत कार्यक्रम अनुसार दाहसंस्कारका लागि निःशुल्क दाउरा उपलब्ध गराइने भएको हो । 

यसका लागि नगरपालिकाले आज सम्झौता गरेको छ । प्रति शव तीन हजारका दरले दाउरा उपलब्ध गराउने गरी नगरपालिका र वडा नम्बर ३ का बिरबहादुर नेपालीका विचमा सम्झौता भएको हो । नगरका ४ वटा वडामा कोही व्यक्तिको मृत्यु भएमा मुग्लुखोला घाटमै निःशुल्क रुपमा दाउरा उपलब्ध हुने सम्झौतामा उल्लेख छ । 

वडाको कार्यक्रम भएपनि रकम भुक्तानी भने नगरपालिकाबाट हुने छ । यसअघि नगर प्रमुख महेन्द्र केसीले पदभार ग्रहण गर्दै पहिलो निर्णय दाहसंस्कारका लागि निःशुल्क दाउरा दिने निर्णय गर्नुभएको थियो । तर पछि नगर कार्यपालिकाले उक्त निर्णयलाई अनुमोदन नगरेपछि कार्यान्वयनमा आउन सकेको थिएन् । 

तर कांग्रेसले जितेका ४ वटा वडाले नगर प्रमुखको पहिलो निर्णय कार्यान्वयनमा सहयोग पुग्ने गरी दाहसंस्कारका लागि निःशुल्क दाउरा दिने कार्यक्रम बनाएका थिए । उक्त निर्णय अनुसार नगरपालिकाले दाउराको टेण्डर आह्वान गरेको थियो । जसअनुसार अव मुसीकोट नगरपालिका वडा नम्बर १ को मुग्लुखोला घाटमा दाहसंस्कार गर्दा निःशुल्क दाउरा उपलब्ध गराइने छ ।

305714715_2846343215673700_1332245011295516825_n1662461079.jpg
दाउराकाे लागि भएकाे सम्झाैता ।

प्रकाशित मिति: मंगलबार, भदौ २१, २०७९  १६:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update