कर्णाली प्रदेश स्तरीय पुरुष फुटबलमा रुकुम पश्चिमले सुधारिएको खेल प्रदर्शन गरेको छ । यसअघिका प्रतियोगिताको तुलनामा रुकुम पश्चिमले यो पटक सुधारिएको खेल प्रदर्शन गरेको हो । आज सर्खुेतको बडिचौरमा भएको पहिलो खेलमा रुकुम पश्चिम आयोजक सुर्खेतसंग १–० को झिनो अन्तरले पराजित हुन पुग्यो । आफ्नै गल्तिले गोल खान पुगेको रुकुम पश्चिमले खेल अवधिभर भने राम्रो खेल प्रदर्शन गर्न सफल भयो ।
रुकुम पश्चिम र सुर्खेत चिरपरिचित प्रतिस्पर्धी हुन् । साविकको क्षत्रिय तथा हालको प्रदेश स्तरीय प्रतियोगितामा रुकुम पश्चिम र सुर्खेत एक अर्काका प्रतिद्धन्दि हुँदै आएका छन् । यो संगै रुकुम पश्चिम र सुर्खेत तेस्रो चोटि आमने सामने भएका छन् । यद्धपि सबै खेलमा सुर्खेत नै विजयी भएको छ । पहिलो भेट पाँचौ राष्ट्रिय खेलकुद अन्तरगत २०६७ सालमा भएको थियो । त्यसबेला सुर्खेत ९–० ले विजयी भएको थियो ।
दोस्रो भेट २०७३ सालमा भयो । उक्त भेटमा रुकुम पश्चिमले गोल अन्तरलाई ३ मा झार्न सफल भयो । यसपट उक्त अन्तर घटेर एकमा पुगेको छ । रुकुम पश्चिमले याे पटक युवा खेलाडीलाई अवसर दिएकाे छ । अव रुकुम पश्चिमले दोस्रो खेलमा हुम्लाको सामना गर्ने व्यवस्थापक भागिराम बोहराले जानकारी दिनुभयो ।