कराँते
रुकुम पश्चिमकी रिता कर्णाली प्रदेशबाट राष्ट्रिय कराँतेमा छनौट
रुकुम पश्चिमकी रिता पुन नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनौट भएकी छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित प्रदेश छनौटमा कराँतेको टिम फाइट तर्फ प्रथम हुँदै उनी राष्ट्रिय प्रतियोगिताका लागि छनौट भएकी हुन् । उनीसंगै कराँतेमा रुकुम पश्चिमका अन्य ५ जनाले विभिन्न स्थान हाँसिल गरे ।
गंगा पुन मगर एकल कातामा द्धितिय, विपना विक ५० केजी तौल समुहमा द्धितिय, धनमाया बुढामगर ६८ केजी तोल समुहमा तृतिय, हिमाल पुन मगर ५५ केजी तौलमा तृतिय र हिमाल रोकामगर ५० केजी तौलमा द्धितिय भएको जिल्ला खेलकुद विकास समिति रुकुम पश्चिमका कार्यालय सचिव लिलाप्रसाद ढकालले जानकारी दिनुभयो ।
प्रकाशित मिति: मंगलबार, भदौ २१, २०७९ २१:४७
प्रतिक्रिया दिनुहोस्