Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसीकोट ८ का सबै घरलाई किबिका विरुवा
कृषकलाइ किबिका विरूवा वितरण गर्दै वडाध्यक्ष बुढा ।

रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नं. ८ ले वडाका सबै घरमा किबिका विरुवा वितरण गर्न लागेको छ । व्यवशायिक किवि खेतिलाई प्रोत्साहन गर्नका लागि वडाका सबै घरलाई किबिका विरुवा वितरण गर्न लागेको वडा कार्यालयले जनाएको छ । वडामा कुल ३ सय १७ घरधुरी छन् । आजबाट विरुवा वितरण सुरु भएको वडाध्यक्ष बुद्धिप्रसाद बुढाले जानकारी दिनुभयो । आज ८० परिवारलाई विरुवा वितरण गरेको र भोलीसम्म सबै विरुवा वितरण गरिसक्ने उहाँले बताउनुभयो । उहाँका अनुसार प्रति घर ३/४ वटा देखि २५ वटा सम्म विरुवा वितरण भइरहेको छ ।

व्यवशायिक खेति गर्न चाहनेलाई १५ देखि २५ वटासम्म विरुवा प्रदान गरिरहेको र अन्य घरलाई ३/४ वटा विरुवा वितरण गरिरहेको उहाँको भनाई छ । वडाले १६ सय विरुवा खरिद गरेको छ । यसका लागि वडाको ५ लाख बजेट खर्च भएको वडाले जनाएको छ । वडाका घट्टेखोला, उदिनढुंगा, छेलावाङ, क्वाम्माखोला, सल्लेधारा, खावाङखानी, लसुनबारी, घोर्खानी, कार्पिवास, झिम्मा र पाखापानी टोलमा रहेका सबै घरलाई वडा कार्यालय गर्पाबाट विरुवा वितरण भइरहेको छ । वडाले सबै वडावासीलाई विरुवा लिन आग्रह समेत गरेको छ ।

प्रकाशित मिति: सोमबार, फागुन १०, २०७७  १७:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update