Kakhara सबैको खबर सम्पूर्ण खबर
आपकालिन सेवाका लागि चौरजहारी नगरपालिकामा कल सेन्टर

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले कल सेन्टर स्थापना गरेको छ । नगरपालिकाबाट सञ्चालनमा रहेका एम्बुलेन्स तथा अन्य आपतकालिन सेवाको लागि सेवाग्राहीको व्यवस्थित र सहज पहुँज स्थापना गर्न नगरपालिकाले सम्पर्क केन्द्र अर्थात कल सेन्टर स्थापना गरेको हो । नगर कार्यपालिकाको कार्यालयमा भाद्र १६ गते देखि २४ सै घण्टा सेवा दिने गरी कल सेवा सञ्चालनमा ल्याइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिनुभयो ।

कल सेन्टरमा सम्पर्क गरेर एम्बुलेन्स अन्य आपतकालिन सेवाका बारेमा जानकारी र सेवा लिन सकिने उहाँले बताउनुभयो । कल सेन्टरमा रहेको ९८५८०६७२११ नम्बरमा २४ सै घण्टा सम्पर्क गर्न सकिने उहाँले बताउनुभयो । यसबाट नगरवासीलाई आपतकालिन सेवा लिन सहज हुने विश्वास गरिएको छ ।
 

प्रकाशित मिति: बुधबार, भदौ २२, २०७९  १२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update