कर्णाली प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको छनौट अन्तरगत आज रुकुम पश्चिमका थप ३ जना खेलाडी प्रथम भएका छन् । यो संगै उनिहरु राष्ट्रिय खेलकुदका लागि छनौट समेत भएका छन् । पुरुष लङजम्प तर्फ हेमन्त विक प्रथम भए । उनले ५.९९ मिटरको जम्प लगाए । यो संगै उनले दोस्रो खेलका लागि राष्ट्रिय खेलकुदमा छनौट भएका छन् । आजै भएको १ सय मिटर दौडमा पनि कर्णाली प्रथम हुँदै छनौट भएका थिए । त्यस्तै महिला लङजम्प तर्फ समिक्षा केसी पनि छनौट भइन् ।
उनले ४.५ मिटरको जम्प लगाएर प्रथम हुँदै कर्णाली फस्ट भएकी हुन् । त्यस्तै डिस्कस थ्रो तर्फ बालकुमार नकाल राष्ट्रिय प्रतियोगिताका लागि छनौट भएका छन् । उनले २०.५० मिटर टाढा थ्रो गर्दै प्रदेश प्रथम भएर राष्ट्रिय खेलकुदका लागि स्थान पक्का गरेका हुन् । आजको भएको ८ सय मिटर दौडमा सृजन डिसी द्धितिय हुन सफल भए । अहिलेसम्म जिल्लाका ८ जना खेलाडी विभिन्न खेलमा राष्ट्रिय खेलकुदका लागि छनौट भएको जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव लिलाप्रसाद ढकालले जानकारी दिनुभयो ।
अहिलेसम्म क्रिकेट, पुरुष ब्याडमिन्टन, १ सय मिटर दौड, सटफुट, कराँते, लङजम्प र डिस्कस थ्रो मा जिल्लाका खेलाडी राष्ट्रिय खेलकुदका लागि छनौट भएको उहाँको भनाई छ । खेलहरु जारी रहेकोले यो संख्या बढ्न सक्ने उहाँले बताउनुभयो ।