Kakhara सबैको खबर सम्पूर्ण खबर
खारा जलाइएको २१ वर्ष
आगजनी गरिएका खाराका ८ मध्यको एक कुरल गाउँ ।

जनयुद्ध र त्यसपछि पनि लामो समय सम्म खारा चर्चामा रह्यो । त्यसको एउटा कारण थियो । खाराको आगजनी । साविक खारा गावसका झण्डै दर्जन गाउँमा प्रहरीले आगजनी गरेको थियो । १५ जना सर्वसाधारणको हत्या गरेको थियो । २०५६ फागुन १० गते उक्त घटना भएको थियो । आज सोमबार खारामा आगजनी भएको १५ वर्ष पूरा भएको छ । खाराका खुम्चेरी, पोखरी, कुरल, कालीमाटी, हम्पाल, हाइवाङ, दया र ज्यामिरेमा प्रहरीले आगजनी गरेको थियो ।

यी गाउँका १ सय ७२ घरमा आगजनी गरेको प्रहरीले यि नै गाउँका १५ जना सर्वसाधारणलाई गोली हानी हत्या गरेको थियो । यही कारण खारा चर्चामा रह्यो । एकै दिन आठ गाउँमा आगजनी गरेर खरानी बनाएको र १५ जनाको हत्या भएपछि यी गाउँ लामो समयसम्म शोकमग्न भए । माओवादीले थालेको जनयुद्ध दबाउन परिचालन गरिएको प्रहरीबाट सर्वसाधारणका घरमा आगजनी भएपछि तत्कालिन राज्यप्रती सर्वसाधारण आक्रोशित भएका थिए ।

उक्त दिन एक जना प्रहरी पनि मारिएका थिए । सिम्रुतु प्रहरी चौकीबाट खारा गएको प्रहरीले विहानै घरमा आगजनी सुरु गरेको थियो । आगजनीकै क्रममा माओवादीका केही कार्यकर्तालाई लखेट्ने क्रममा गणेशकुमार केसी नाम गरेका प्रहरी मारिएका थिए । त्यसपछि प्रहरीले सर्वसाधारणको हत्या गरेको थियो । माओवादीको आरोपमा मारिएका १५ जना सर्वसाधरण थिए भने आगजनी भएका सबै घर सर्वसाधारणकै थिए ।

घरमा आगजनी हुँदा सर्वसाधारण कसैलाई पनि घरभित्रको सरसामग्री जोगाउ दिइएको थिएन । सोमबार २१ वर्ष अघि मारिएकाहरुप्रति श्रदाण्जली तथा सहिद परिवारलाई सम्मान गरियो । १२ वर्षदेखि उक्त ठाउँमा जनवादी मेला लगाउन थालिएको हो । पोखरीमा जनवादी मेला आयोजना गरी सहिदको सम्झना र उनिहरुका आफन्तलाई सम्मान गरिएको ४ नम्बर वडाध्यक्ष चन्द्रबहादुर खड्काले बताउनुभयो । साविक खारा गाविसका ३, ४, ५ र ६ नम्बर वडामा आगजनी भएको थियो ।

यी वडा हालको त्रिवेणि गाउँपालिका ३ र ४ नम्बर वडा परेका छन् । नेकपाका जिल्ला नेता तथा जिल्ला समन्वय समितिका सदस्य टेकबहादुर ओलीले तत्कालिन राज्यले सर्वसाधारणको हत्या र लाखौंको नोक्सान हुने गरी आगजनी गरेको बताउनुभयो । खाराको घटनापछि सर्वसाधारण झन राज्यप्रति आक्रोशित भएर लागेको उहाँको भनाई

प्रकाशित मिति: सोमबार, फागुन १०, २०७७  १७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update