नेकपा माओबादी केन्द्र रुकुम पूर्वले आगामी मंसिर ४ गते हुने संघ र प्रदेश निर्वाचनको लागि आकाङ्क्षी उम्मेदवारको नाम सिफारिस गरेको छ । नेकपा माओबादी केन्द्र रुकुम पूर्वले मंगलबार र बुधबार दुई दिन रुकुमकोटमा भएको छलफलपछि आकाङ्क्षी उम्मेदवारको नाम सिफारिस गरेको हो ।
जसमा प्रतिनिधि सभा प्रत्यक्ष तर्फ स्थायी समिति सदस्य तथा पूर्व आपूर्ति मन्त्री गणेशमान पुन, हालका लुम्बिनी प्रदेश सभामुख पूर्णबहादुर घर्ती, हालका प्रतिनिधि सभा सदस्य कमला रोका, पोलिटब्यूरो सदस्य तथा पूर्व खेलकूद मन्त्री दलजित शेर्पाली र पहिलो संविधान सभा सदस्य जुनकुमारी रोकालाई सिफारिस गरिएको छ ।
प्रतिनिधिसभाको समानुपातिक तर्फ पूर्णी घर्ती, सुबोधराज शेर्पाली र जगत घर्तीलाई सिफारिस गरिएको छ । प्रदेशसभा निर्वाचन क्षेत्र (क) बाट प्रत्यक्ष तर्फ हालका प्रदेशसभा सदस्य तेजबहादुर ओली, पार्टीका प्रदेश कार्यालय सदस्य रामसुर बुढामगर, प्रदेश सदस्य जिताराम कामी, भीमकुमारी पुन, संगम रोका, ओमकुमारी शाही, पार्टी जिल्ला समन्वय सदस्य कालिप्रसाद रोका र तारक पुनलाई सिफरिस गरिएको माओबादी केन्द्र जिल्ला समन्वय समितिले जनाएको छ ।
यसैगरी प्रदेश क्षेत्र (ख) बाट प्रत्यक्ष तर्फ पार्टी प्रदेश सदस्य लालबहादुर विष्ट, धनमान पुन, कुमारी बराल, सिस्ने गाउँ समिति अध्यक्ष मन्सराम खड्का र अनेरास्ववियू क्रान्तिकारीका केन्द्र उपाध्यक्ष केशव रावललाई सिफारिस गरिएको छ ।
भने प्रदेशसभा समानुपातिक तर्फ दिलु बुढा, हर्कबहादुर कामी, लिलाप्रसाद सुनार र भूलबहादुर बिकको नाम सिफारिस गरिएको छ ।