Kakhara सबैको खबर सम्पूर्ण खबर
कर्णाली प्रदेश छनौटमा रुकुम पश्चिमका थप दुई खेलाडी प्रथम 
हेमन्त विक बायाँ र मपसना रसाइली दायाँ ।

असोज २८ गते देखि कार्तिक ३ गतेसम्म हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णाली प्रदेश स्तरीय छनौट जारी छ । राष्ट्रिय खेलकुदका लागि चलिरहेको छनौटमा रुकुम पश्चिमका खेलाडीहरुले पनि विभिन्न खेलमा प्रतिस्पर्धा गरिरहेका छन् । आज भएको प्रतिस्पर्धाबाट थप दुई खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनौट भएका छन् । 

२ सय मिटर दौडमा हेमन्त विक प्रथम हुँदै राष्ट्रिय खेलकुदका लागि छनौट भए । उनी यो संगै तीन वटा खेलका लागि छनौट भएका छन् । यसअघि १ सय मिटर दौड र लङजम्पमा उनि पहिलो हुँदै राष्ट्रिय प्रतियोगिताका लागि छनौट भएका थिए । तीन खेलका लागि प्रदेशबाट राष्ट्रिय खेलकुदमा सहभागि भइसकेका विकले अव अन्य खेलमा भने प्रतिस्पर्धा गर्न पाउने छैनन् । 

त्यस्तै आजै बिहान भएको हाइजम्पमा रुकुम पश्चिमकी मपसना रसाइली प्रथम भईन् । उनिपनि नवौं राष्ट्रिय खेलकुदका लागि छनौट भएकी छन् । त्यस्तै हाइजम्पमै रुकुम पश्चिमकी छाया विक तृतिय भएकी छन् । साथै ८ सय मिटर दौडमा सृजन डिसी तृतिय हुनुभएको छ । अहिलेसम्म रुकुम पश्चिमका ८ जना खेलाडी राष्ट्रिय खेलका लागि छनौट भएका छन् । 

विभिन्न १० खेलका ८ जना खेलाडीले कर्णाली प्रदेशबाट पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रतिस्पर्धा गर्ने जिल्ला खेलकुद विकास समिति रुकुम पश्चिमका कार्यालय प्रमुख लिलाप्रसाद ढकालले जानकारी दिनुभयो ।
 

प्रकाशित मिति: बिहीबार, भदौ २३, २०७९  १३:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update