जाजरकोट रिम्ना–तल्लुबगर सडक खण्ड भदौ २७ गते देखि असोज ८ गतेसम्म बन्द हुने भएको छ । उक्त सडकखण्ड कालोपत्रे गर्ने गरी निर्माणको काम सुरु भएको छ । आज जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले सूचना निकालेर उक्त सडकमा भदौ २७ गते देखि असोज ८ गतेसम्म सवारी आावत जावत बन्द हुने जानकारी गराएको हो ।
सडक डिभिजन कार्यालय चौरजहारी अन्तरर्गत निर्माणाधिन रिम्ना–तल्लुबजार सडक खण्डको छेपारे भिरमा स्तरोन्नतिको काम भईरहेकाले विहान ८ बजे देखि साँझ ७ बजेसम्म उक्त सडक खण्डमा सवारी साधन आवत जावतमा रोक लगाइने प्रमुख जिल्ला अधिकारी परमान्नद घिमिरेले निकालेको सूचनामा उल्लेख गरिएकोे छ ।
४९ किलोमिटर लम्बाई भएको उक्त सडक कालोपत्रेको ठेक्का रकम १ अर्व रहेको बताईएको छ । ४५ महिनामा काम सक्ने गरी ठेक्का लागेको छ । यती विल्डर्सले निर्माणका काम गरिरहेको छ ।