नेपाल समाजवादी पार्टी कर्णाली प्रदेशसले उम्मेदवार सिफारिस गरेको छ । प्रदेश समितिको पहिलो बैठकले आगामी प्रदेश र प्रतनिधिसभा निर्वाचनका लागि प्रदेशका १० वटै जिल्लाका प्रत्यक्ष र समानुपातिक उम्मेदवार सिफारिस गरेको हो । पार्टीले रुकुम पश्चिमबाट प्रतिनिधि सभाका लागि शरुण बाँठामगरको नाम सिफारिस गरेको छ । त्यस्तै प्रदेश सभा निर्वाचन क्षत्र नम्बर क बाट टेकम बाँठा र क्षत्र नम्बर ख बाट अमर ओलीलाई सिफारिस गरिएको छ ।
सुर्खेतबाट प्रदेश सभा क्षत्र नम्बर ख मा भिमबहादुर मल्लको नाम सिफारिस गरिएको छ । कालिकोटबाट प्रतिनिधि सभामा समानुपातिक तर्फ लक्ष्मीप्रसाद भट्र्राइ, प्रदेशसभा क मा नरेन्द्र शाही र प्रदेश ख मा दानबहादुर शाहीको नाम सिफारिस गरिएको नेसपाले जनाएको छ । सल्यानबाट प्रतिनिधिसभा तर्फ केवल गिरी, प्रदेश सभा क तर्फ सन्तोष विक र ख तर्फ तिलक वस्नेत, जुम्लाबाट प्रतिनिधि सभामा सरस्वती पाण्डे, प्रदेश क मा उमाशंकर न्यौपाने र समुनबहादुर नेपाली तथा प्रदेश ख तर्फ सिङबहादुर शाहीलाई सिफारिस गरिएको छ ।
त्यस्तै डोल्पाबाट प्रतिनिधि सभामा विजया जैसी, प्रदेश क मा नरबहादुर डाँगी, ख मा पुष्पराज बुढा, जाजरकोटबाट प्रतिनिधिसभामा झलक वुढा, प्रदेश क मा गणेश परियार, हुम्लाबाट प्रतिनिधि सभामा रामबहादुर भण्डारी, प्रदेश क मा जयामसी जैसी र ख मा तेन्जिङ लामाको नाम सिफारिस गरेको नेपाल समाजवादी पार्टीका प्रदेश अध्यक्ष प्रेम बोहराले जानकारी दिनुभयो ।
उहाँका अनुसार मुगुबाट भने प्रतिनिधि सभामा राजेन्द्रबहादुर शाही, प्रदेश क मा रत्नराज ऐडी र प्रदेश ख मा पदमबहादुर शाहीलाई सिफारिस गरिएको छ । बैठकले प्रदेशका ९ वटा जिल्लाका इन्चार्ज पनि तोकेको छ । जसअनुसार रुकुम पश्चिममा अमर ओली, सल्यानमा केवल गिरी, सुर्खेतमा भिमबहादुर मल्ल र हुम्लामा हिमाल भण्डारीलाई इन्चार्ज तोकिएको छ ।
त्यस्तै डोल्पामा रामबहादुर बोहरा, मुगुमा राजेन्द्र शाही, कालिकोटमा दानबहादुर सहकारी, जुम्लामा नरेन्द्रनाथ योगी र जाजरकोटमा रामबहादुर बोहरालाई इन्चार्जको जिम्मेवारी दिईएको प्रदेश अध्यक्ष बोहराले बताउनुभयो ।