Kakhara सबैको खबर सम्पूर्ण खबर
कर्णाली प्रदेश तेक्वान्दो छनौटमा रुकुम पश्चिमलाई ४ गोल्ड मेडल 
तेक्वान्दाे खेलाडी ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत कर्णाली प्रदेश छनौटमा रुकुम पश्चिमले ४ गोल्ड मेडल जितेको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा जारी छनौट अन्तरगत तेक्वान्दो तर्फ रुकुम पश्चिमका ४ खेलाडी प्रथम भएका हुन् । इला खत्री, संगीता रोकामगर, निशा केसी र खड्क विक प्रथम भए । खत्री ७३ केजी माथि, रोकामगर ७३ केजी मुनि, केसी ५३ केजी मुनि र विक ६८ केजि मुनि तौल समूहमा प्रथम हुँदै राष्ट्रिय खेलकुदका लागि छनौट भएका छन् ।

त्यस्तै तेक्वान्दोमा रुकुम पश्चिमकी निशा केसी सवोत्कृष्ट खेलाडी घोषित हुँदै पुरस्कृत भएकी छन् । तेक्वान्दोमा जिल्लाका अन्य ५ जना खेलाडीले तेस्रो स्थान हाँसिल गरेको जिल्ला तेक्वान्दो संघका अध्यक्ष भद्र खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार रेजिना पुनमगर, दीपा चनारा, आभाष शाह, प्रविनजंग खड्का र हरि विक तृतिय भएका हुन् । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ २४, २०७९  १८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update