सिस्ने गाउँपालिकाले कृषकलाई प्रोत्साहन स्वरूप ‘सुत्केरी भैंसी भत्ता’ वितरण सुरु गरेको छ । पछिल्लो समयमा भैंसी पालन कृषक कम हुँदै गए पछि त्यसलाई प्रवद्र्धन गर्नका लागि सिस्ने गाउँपालिकाले चालु आर्थिक वर्ष देखि जिल्लामै पहिलो पटक ‘सुत्केरी भैंसी भत्ता’ वितरण सुरु गरेको हो । भर्खरै ब्याएका भैंसीलाई पौष्टिक दानापानी खुवाएर राम्रोसँग स्याहारसुसार गर्न सहयोग पु¥याउने उद्देश्यले गाउँपालिकाले भैंसीधनीलाई भत्ता दिन थालेको हो ।
गाउँपालिकाका किसानले प्रति भैंसी सुत्केरी भत्ता बापत दुई हजार पाँच सय रुपैयाँ पाउने गरेका छन् । “अहिले सम्म २० भैंसीलाई सुत्केरी भत्ता दिइयो । अन्न, दाना सहित पौष्टिक आहार किन्न सजिलो होस् भनेर किसानलाई यस्तो भत्ता दिएका हाँै” गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले कखरालाई भन्नुभयो–“सुत्केरी भंैसी धनीलाई भत्ताका लागि वडा मार्फत निवेदन आएका सबै किसानलाई भत्ता वितरण गर्ने कार्यक्रम छ ।”
सुत्केरीमा पोसिलो खानेकुरा खुवाउँदा लामो समय सम्म दूध धेरै दिने गरेकाले दूध उत्पादनमा वृद्धि ल्याउन भत्ता बाँडिएको उहाँले कखरालाई बताउनुभयो । भैंसी पालनमा कमी भएकोले यसलाई थप प्रवद्र्धन गराउने मुख्य उद्देश्य रहेको गाउँपालिकाका अध्यक्ष रेग्मीको भनाइ रहेको छ । यस कार्यक्रमले भैंसी पाल्ने कृषकको सङ्ख्या बृद्धि हुने अपेक्षा पनि राखिएको अध्यक्ष रेग्मीले जानकारी दिनुभयो ।