Kakhara सबैको खबर सम्पूर्ण खबर
कर्णाली प्रदेश छनौटमा रुकुम पश्चिमलाई २२ गोल्ड सहित ४४ मेडल

यही असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी स्वरुप संचालित कर्णाली प्रदेश स्तरीय छनौटमा रुकुम पश्चिमले २२ गोल्ड मेडल प्राप्त गरेको छ । प्रदेश राजधानी सुर्खेत र कालिकोटमा भएको छनोटमा रुकुम पश्चिमका १९ जना खेलाडीले प्रथम हुँदै २२ वटा गोल्ड मेडल जितेका हुन् । महिला पुरुष भलिबलको छनौट कालिकोटमा भएको थियो भने बाँकी सबै खेलको छनौट सुर्खेतको वीरेन्द्रनगरमा भएको थियो । जसमा रुकुम पश्चिमले २२ गोल्ड मेडल सहित ११ रजत र ११ काश्य पदक गरी कुल ४४ मेडल प्राप्त गरेको जिल्ला खुलकुद विकास समिति रुकुम पश्चिमका कार्यालय सचिव लिलाप्रसाद ढकालले जानकारी दिनुभयो । 

उहाँका अनुसार प्रदेश छनौटमा रिता पुन मगर टिम काता कराँते, सन्देश विक सटफुट, हेमन्त विक १ सय र २ सय मिटर दौड तथा लङजम्प, बालकुमार नकाल डिस्कस थ्रो र मापसना रसाइली हाइजम्पमा प्रथम हुँदै राष्ट्रिय खेलकुदका लागि छनौट भएकी छन् । त्यस्तै तेक्वान्दोमा इला खत्री, संगीता रोकामगर, निशा केसी र खड्क विक, जुडोमा हिरा आचार्य, आइ.टि.एफ. तेक्वान्दोमा दिपक विक, जनक विएम, कमला विक, आकाश बुढा, पवन चन्द, महेन्द्र वुढाथोकी, प्रशान्त वुढा र आइ.टि.एफ. प्याटन तर्फ दिपक विक प्रथम भएका छन् । जीवन पुनमगर वक्सिङ र समिक्षा केसी लङजम्ममा प्रदेश प्रथम भएको ढकालले बताउनुभयो । उनिहरु सबै नवौं राष्ट्रिय खेलकुदका लागि छनौट भएका छन् । 

प्रदेश छनौटमा गंगा पुनमगर कराँते, विपना विक कराँते, हिमाल रोकामगर कराँते, बालकुमार नकाल सटफुट, सृजन डिसी ८ सय मिटर दौड, करुणा चन्द आइ.टि.एफ. तेक्वान्दो, कमला चन्द आइ.टि.एफ. तेक्वान्दो, कमल विक आइ.टि.एफ. तेक्वान्दो, कल्पना खड्का आइ.टि.एफ. तेक्वान्दो, मनिषा ओली आइ.टि.एफ. तेक्वान्दो र महिला भलिबल टिम द्धितिय भयो । कराँतेकी धनमाया वुढामगर र हिमाल पुनमगर, त्रिपलजङकी प्रमिला ओली, तेक्वान्दोका प्रविणजंग खड्का, हरि विक, आभाष शाह, रेजिना पुनमगर र दीपा चनारा, आइ.टि.एफ. तेक्वान्दोका टिकाराम विक तथा वक्सिङका सिलास पुनमगर र रमेश मगर तृतिय भएको जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव ढकालले बताउनुभयो । 

प्रदेश छनौटमा प्रथम हुने जिल्लाका १९ खेलाडीले राष्ट्रिय खेलकुदमा २२ खेलका लागि कर्णालीबाट भाग लिनुका साथै अन्य खेलाडीले पनि राष्ट्रिय खेल खेल्ने छन् । जसमा क्रिकेटका अर्जुन घर्ती, पुरुष व्याडमिन्टनका सिद्धार्थ केसी, ८ सय र १५ सय मिटर दौडका सृजन डिसी, पुरुष भलिबलका नविन ओली, लक्ष्मण खड्का र पहल गहतराज, महिला भलिबलका विपना ओली र जानकी नाथ तथा फुल कन्ट्याक कराँतेका रमेश विक रहेका छन् । फुटबल लगायत अन्य केही खेलका खेलाडीको भने नाम प्राप्त भइनसकेको जिल्ला खेलकुद विकास समिति रुकुम पश्चिमले जनाएको छ । प्रदेश छनौट शुक्रबार सकिएको हो । समग्रमा जिल्लाको अवस्था प्रदेशमा कस्तो रह्यो भनेर थाहा पाउन भने केही समय लाग्ने बताइएको छ ।     

kheladi1662798066.jpg
प्रथम हुने खेलाडी ।

प्रकाशित मिति: शनिबार, भदौ २५, २०७९  ११:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update