Kakhara सबैको खबर सम्पूर्ण खबर
४ सय ३२ जनाको आँखाको निशुल्क चेकजाँच तथा उपचार
फाइल फोटो ।

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाका ४ सय ३२ जनाको आँखा चेकजाँच र उपचार भएको छ । गाउँपालिकाका तीन ठाउँमा संचालन भएको शिविर मार्फत ४ सय ३२ जनाको निःशुल्क आँखा चेकजाँच तथा उपचार भएको हो । गाउँपालिकाको आर्थिक सहयोग र आँखा उपचार केन्द्र सल्लेको प्राविधिक सहयोगमा संचालन भएको शिविर मार्फत सबै वडाका सर्वसाधरणले आँखा उपचार सेवापाएको आँखा उपचार केन्द्र सल्लेका प्रमुख धनबहादुर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार ४ सय ३२ जनाको आँखाको चेक जाँच गरिएकामा १ सय १७ जनामा मोतिया बिन्दुको समस्या देखिएका छ ।

मोतिया बिन्दुको समस्या भएकाहरुलाई चैत्र ५ र ६ गते आँखा उपचार केन्द्र सल्लेमा निशुल्क अपे्रसन गरिने प्रमुख केसीले जानकारी दिनुभयो । गाउँपालिकाबासिलाई घरदैलोमा आँखा उपचार सेवा दिने उद्देश्यले गाउँपालिकाले वडा नम्बर २ को जिपु, वडा नम्बर ४ को छिन्खेत र वडा नम्बर ६ को मग्गामा शिविर सञ्चालन गरेको थियो । गाउँपालिकाका अनुसार गाउँपालिकाका सबै वडाबासीले आ–आफ्नो पायक पर्ने ठाउँमा पुगेर आँखा उपचार सेवा लिएका थिए ।

प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७  १७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update