नेपाल मगर विद्यार्थी संघ रुकुम पूर्वको अध्यक्षमा सिस्ने गाउँपालिका–२ का दिनेश घर्ती मगर सर्वसम्मत निर्वाचित हुनुभएको छ । सोमबार भूमे गाउँपालिका–२ काँक्रीमा भएको नेपाल मगर विद्यार्थी संघ रुकुम पूर्वको दोस्रो अधिवेशनबाट जिल्ला अध्यक्षमा घर्ती मगर सर्वसम्मत निर्वाचित हुनु भएको हो ।
अध्यक्षसँगै अन्य पदाधिकारी तथा कार्य समितिका सदस्यहरू पनि सर्वसम्मत निर्वाचित हुनु भएको छ । उपाध्यक्षमा भूमे गाउँपालिका–१ का सुशिला घर्ती मगर, सचिवमा पुथाउत्तरगंगा गाउँपालिका–१० का पूजा बुढा मगर, सह–सचिवमा भूमे–६ का प्रिया पुन मगर र कोषाध्यक्षमा सिस्ने–२ का ऐसुबा पुन मगर लगायत १५ सदस्यीय जिल्ला कार्य समिति टिम नै सर्वसम्मत निर्वाचित हुनु भएको छ ।
सदस्यमा सुर्य बुढा मगर, शिरकुमारी पुन मगर, सृष्टि बुढा मगर, सुजन घर्ती मगर, संस्कृति पुन मगर, सुर्पी पुन मगर, रमेश घर्ती मगर, तुलसा घर्ती मगर, प्रविन घर्ती मगर र इक्वायल बुढा मगर सर्वसम्मत निर्वाचित हनु भएको छ । यस अघि प्रथम जिल्ला अधिवेशनमा भूमे–२ का वेदना बुढा मगरको नेतृत्वमा जिल्ला कार्य समिति पनि सर्वसम्मत निर्वाचित भएका थिए ।
दोस्रो अधिवेशन कार्यक्रममा नेपाल मगर विद्यार्थी संघका केन्द्रीय सदस्य नरेन्द्र घर्ती मगर, स्थानीय मगर अगुवा कमेनी बुढा मगर, नेपाल मगर संस्कृति संघ रुकुम पूर्वका अध्यक्ष विकास बुढा मगर र नेपाल मगर विद्यार्थी संघ रोल्पाका अध्यक्ष रामकुमार बुढा मगर लगायतको आतिथ्यता रहेको थियो ।