Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसीकोट १२ का ७ सुत्केरीले पाए स्याहार भत्ता 

रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर १२ ले ७ जना सुत्केरीलाई स्याहार भत्ता वितरण गरेको छ । वडामा नयाँ जनप्रतिनिधि आएपछि हालसम्म वडाका ७ जना सुत्केरीले सुत्केरी स्याहार भत्ता पाएका हुन् । वडा अध्यक्ष धिरन शिर्पालीले आफु निर्वाचित भएपछि पहिलो निर्णय सुत्केरी स्याहार भत्ता बाँड्ने गर्नुभएको थियो ।

सोही अनुसार हालसम्म ७ जनालाई सुत्केरी स्याहार भत्ता प्रदान गरिएको वडाध्यक्ष शिर्पालीले बताउनुभयो । पछिल्लो पटक वडाको नयाँगाउँ तलिगाउँकी पुस्पाकुमारी केसी खड्कालाई स्याहार भत्ता बाँडेको उहाँको भनाई छ । खड्काले भाद्र १९ गते छोरालाई जन्म दिनुभएको थियो । 

वडाध्यक्ष शिर्पाली, वडा सदस्य लालबहादुर केसी र वडा सचिव देविलाल पुनको टोली घरमै पुगेर ३ हजार सुत्केरी स्याहार भत्ता वितरण गरेको हो । यो कार्यक्रमले आमा र शिशुको पोषणस्थितिमा सुधार आउने र मातृ तथा शिशु मृत्युदरमा कमि आउने विश्वास गरिएको छ । 

हेर्दा तीन हजार सानो रकम भएपनि यसको अर्थ भने ठूलो रहेको वडाध्यक्ष शिर्पालीले बताउनुभयो । घरमै पुगेर सुत्केरी स्याहार भत्ता वितरण थालिएपछि सुत्केरी तथा तिनका परिवारले खुशि व्यक्त गरेका छन् । 
 

प्रकाशित मिति: मंगलबार, भदौ २८, २०७९  १६:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update